ओली- लेखक पक्राउमा कांग्रेसको ‘डबल लाइन’

ओली- लेखक पक्राउमा कांग्रेसको ‘डबल लाइन’

आधिकारिक धारणा सन्तुलित तर सरकार ‘सेलेक्टिभ’ भएको आरोप, देउवा पक्ष आक्रामक प्रतिरोधमा

images
शनिवार, चैत्र १४ २०८२
  • काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओली तथा कांग्रेस नेता तथा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । गत भदौं २३ को घटनाको मुख्य जिम्मेवार ठहराउँदै सरकारको निर्देशनमा शनिबार (आज) बिहानै ओली र लेखकलाई पक्राउ गरिएको हो । 
    एमालेले यो घटनालाई राजनीतिक प्रतिशोध र पूर्वाग्रही भन्दै सडक, सदन र कानुनी तिन वटै मोर्चाबाट शसक्त प्रतिवाद गर्ने निर्णय लिएको छ । आजै देखि उसले जनवर्गीय संगठनलाई सडकमा उतारिसकेको छ भने भोलि आइतबार देशभर जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएर पार्टी अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई तत्काल रिहा नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ । 

    अन्य राजनीतिक दलहरुसँग सहकार्य गर्न उपाध्यक्ष विष्णु पौडेल, संसदमा रहेका दलहरुका बीचमा साझा मोर्चा निर्माणका लागि उपाध्यक्ष रामवहादुर थापा (बादल) तथा कानुनी प्रतिवादका लागि उपाध्यक्ष गोकर्ण विष्ट र जनपरिचालनका लागि केन्द्रीय कार्यालयले नेतृत्व लिने निर्णय एमालेले गरेको छ । 

    कांग्रेसले भने यो प्रकरणका सवालमा दुई थरी मत सार्वजनिक गरेको छ । निर्वाचन आयोगबाट वैधता पाएको कांग्रेसको गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको कांग्रेसले भदौ २३ र २४ का दुवै घटनाको निष्पक्ष, पारदर्शी र विधिसम्मत छानबिन हुनुपर्नेमा जोड दिँदै दोषी जो–सुकै भए पनि कानुनअनुसार कारबाही हुनुपर्ने स्पष्ट पारेको छ । तर उसले सरकारको ‘सेलेक्टिभ’ कार्यशैलीमाथि भने प्रश्न उठाएको छ। उता कांग्रेसको शेरवहादुर देउवा र शेखर कोइराला पक्षले भने एमालेको जस्तै धारणा सार्वजनिक गरेको छ । यो समुहले सरकारको राजनीतिक पूर्वाग्रह र प्रतिशोध देखिएको भन्दै प्रतिवादमा उत्रन नेता कार्यकर्तालाई अपिल गरेको छ ।

    कांग्रेसको आधिकारिक पक्षले ५ बुँदे बक्तब्य जारी गरेर यससम्वन्धमा आफनो धारणा सार्वजनिक गरिरहेका बेला कांग्रेसको देउवा कोइराला पक्षपनि बोलेको छ । कार्यबाहक सभापति पूर्णवहादुर खड्काको नाममा यो पक्षले पनि आज बक्तब्य जारी गरेको छ । 

    यी दुई पक्षका ओली लेखक पक्राउ प्रकरणमा फरक धारणा सार्वजनिक भएको छ । कांग्रेसको देउवा समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । देउवा पक्षीय शीर्ष नेताहरूको ठमेलको रमादा होटलमा बसेको बैठकले नेकपा एमालेका अध्यक्ष ओली र पार्टीका नेता लेखकमाथि सरकारले गरेको राजनीतिक प्रतिशोधको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको हो ।
    सरकार गठन भएलगत्तै दुराशयपूर्ण तवरबाट भएको यस राजनीतिक प्रतिशोधले सरकार संविधान र लोकतन्त्रको प्रतिबद्धताबाट पछाडि हट्न पुगेको देखिन्छ,’ कांग्रेसकै लेटर प्याडमा कार्याबाहक सभापतिको नाममा पूर्णबहादुर खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस कार्यको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने नेपाली कांग्रेसको यो बैठक निर्णय गर्दछ । साथै आइपर्ने जुनसुकै परिस्थितिको राजनीतिक रुपमा सामना गर्न देश भरिका पार्टीका साथीहरूलाई तयार रहन हार्दिक अपिल गर्दछ ।’

    उता कांग्रेसको आधिकारिक पक्षका प्रवक्ता देवराज चालिसले पाँच बुँदे विज्ञप्ति जारी गरेका छन्। ओली र लेखकलाई पक्राउ गरेको विषयमा सरकार ‘सेलेक्टिभ’ भएको आरोप लगाएको छ। दुवै नेताहरुको नाम समेत उल्लेख नगरी जारी गरिएको कांग्रेसको वक्तब्यमा भनिएको छ, ‘मन्त्रिपरिषद् बैठकले आयोगले सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रका हकमा अध्ययन समिति गठन गरी सो बमोजिम गर्ने तर अन्यमा हकमा तत्काल कार्यान्वयन गर्ने भन्ने किसिमको निर्णय गर्नु र हतारमा पक्राउ गर्नुले भाद्र २३ को एउटै घटना, एउटै छानबिन प्रतिवेदन र एकै किसिमको सिफारिसमा पनि सरकारको व्यबहार सेलेक्टिभ भएको देखिन्छ।’

    हेर्नुहोस् दुवै पक्षका वक्तब्य

    congress-1_DPAOw5mLzU.jpg
    congress-2_0GFSdQDnPy.jpg
    congress_itterrrr_iIaoHU2l8k.jpg
    देउवा पक्षको वक्तब्य 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend