ओली र लेखक भन्छन् : पक्राउ प्रतिशोधपूर्ण छ,कानुनी लडाइँ लड्छौं

ओली र लेखक भन्छन् : पक्राउ प्रतिशोधपूर्ण छ,कानुनी लडाइँ लड्छौं

images
शनिवार, चैत्र १४ २०८२
  • काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकले आफुहरुको पक्राउ नवगठित सरकारको प्रतिशोधपूर्ण कदम भएको बताएका छन्। दुवै नेताले सरकारले पूर्वाग्रही ढंगले प्रतिशोध साँधेर पत्राउ गरिएको र त्यसको कानुनीरुपमै प्रतिवाद गर्ने बताएका हुन् । 

    ओली र लेखक दुवैलाई शनिबार बिहान भक्तपुरको सूर्यविनायक नगरपालिकाबाट पक्राउ गरिएको थियो । ओलीलाई भक्तपुर सूर्यबिनायकको गुन्डुबाट र लेखकलाइ सूर्यबिनायककै कटुन्जेबाट पक्राउ गरिएको हो । गत भदौं २३ र २४ को जनेजी आन्दोलनका बेला ओली प्रधानमन्त्री र लेखक गृहमन्त्री थिए । 
    उक्त घटना जाँचबुझ गर्न गडित गौरीबहादुर कार्की आयोगले कारवाही सिफारिस गरेको र सोही आधारमा प्रतिवेदन कार्यान्वयनका क्रममा सरकारले पक्राउ गरेको जनाएको छ । तर, पक्राउ राजनीतिक प्रतिशोधपूर्ण रहेको दुवै नेताको दावी छ । गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा नागरिकको क्रममा ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अभियोगमा ओली र लेखकलाई प्रहरीले पक्राउ गरेको हो। 

    प्रहरी आफूलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी आएपछि ओलीले आफ्ना वकिलहरुसँग परामर्श गरेका थिए। पक्राउ पर्नुअघि ओलीले पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईसँग परामर्श गरेका हुन्।  पक्राउअघि ओलीले वकिलहरुसँग भनेका थिए, ‘यो पक्राउ प्रतिशोध पूर्वाग्रहपूर्ण छ। यसविरुद्ध कानुनी लडाईं लड्छु।’ 


    त्यस्तै पूर्व गृहमन्त्री लेखकले पनि घट्ना पूर्वाग्रही भएको र यसबारेमा आफु कानुनी लडाई लड्ने बताएका छन् । 

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend