काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । उनलाई प्रहरीले शनिबार बिहानै पक्राउ गरेको हो । सूर्यविनायक नगरपालिका–७ गुण्डुमा बस्दै आएका ओलीलाई गत भदौ २३ गतेको जेनजी आन्दोलनमा १९ जनाको ज्यान जाने घटनामा संलग्न भएको आरोपको अनुसन्धानका लागि भन्दै पक्राउ गरिएको हो ।
ततकालिन अबस्थामा ओली प्रधानमन्त्री थिए । उनलाई पक्राउ गर्नु अगाडी त्यसबेलाका गृहमन्त्री रहेका कांग्रेस नेता रमेश लखेकलाई पनि प्रहरीले पक्राउ गरेको थियो । प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा शुक्रबार नयाँ मन्त्रिपरिषद् गठन भएपछि उक्त मन्त्रिपरिषद्को पहिलो बैठकले जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्व्यनमा लैजाने निर्णय गरेको थियो । त्यसपछि तत्कालिन गृहमन्त्री र प्रधानमन्त्रीलाई सरकारले जरुरी पक्राउ पुर्जी जारी गरेर पक्राउ गरेको हो ।
ओलीलाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्का नेतृत्वको टोली ओली निवास पुगेको थियो ।
उनलाइृ आफ्नै गाडीमा राखिेर काठमाडौं प्रहरी परिसर लगिएको छ ।
आफूलाई पक्राउ पुर्जी लिएर प्रहरी आएपछि ओलीले केही वकिलहरुसँग परामर्श गरेका थिए । त्यसक्रममा उनले आफूलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको बताएका छन् । ‘यो पक्राउ प्रतिशोधपूर्ण छ । यसको कानुनी लडाईं लड्छु तपाईंहरू तयारी गर्नुहोस्’ ओलीले वकिलहरूसँग भनेका थिए । उनले पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईसँग परामर्श गरेका थिए ।
नेपालको इतिहासमा मुलुकको कार्यकारी प्रमुख ज्यानमुद्दामा पक्राउ परेको यो पहिलो घटना हो । यसअघि कतिपय अवस्थामा राजनीतिक प्रकृतिका घटना र प्रदर्शनमा पूर्वप्रधानमन्त्रीहरु प्रहरी नियन्त्रणमा रहेपनि फौजदारी जाहेरीको अनुसन्धानका सिलसिलामा पक्राउ परेका थिएनन् ।
.jpg)
