प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यको शपथ आज

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यको शपथ आज

images
बिहिवार, चैत्र १२ २०८२
  • काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा चुनाववाट निर्वाचित भएका नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज हुादैछ । संसद सचिवालयले आज (बिहिबार) अपराह्न २ः०० बजे शपथका लागि समय निर्धारण गरेको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
     
    प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् । केसीले भने बुधबार नै प्रतिनिधिसभाको सबैभन्दा जेष्ठ सदस्यका रुपमा राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएका थिए । यसपटक प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेकपा (एमाले)का २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीेका ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसद निर्वाचित भएर आएका छन् ।  
     
    सङ्घीय संसद् सचिवालयका अनुसार ४७ जना सांसदले नेपालीबाहेक अन्य भाषामा शपथ लिने तयारी छ । त्यसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिने तयारी छ ।  नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ ।
     
    सङ्घीय संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुईप्रतिसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको छ । सचिवालयले औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोसाकमा उपस्थितिका लागि यसअघि नै आग्रह गरेको छ ।  
     
     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend