लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–२ मा सडक खन्ने क्रममा पुरिएर आज एक स्काभेटर चालकको मृत्यु भएको छ ।
भाचे–भदौरे सडकखण्ड फराकिलो बनाउने क्रममा नवलपुर (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१२ स्थायी ठेगाना भएका अन्दाजी २० वर्षीय विक्की महतो स्काभेटरसहित पुरिएर मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
ढुङ्गासहितको पहिरो आएर पुरिएको र उद्धार गरी बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचारका लागि ल्याएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको शव अस्पतालमै राखिएको छभने आफन्तलाई जानकारी गराइसकेकाले आफन्त आएपछि बिहीबार मात्र शव परीक्षण गरेर बुझाउने प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
.jpg)
