२४ अंकले घट्याे नेप्से

२४ अंकले घट्याे नेप्से

images
बुधवार, चैत्र ११ २०८२
  • काठमाडौँ ।  आज चौथो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २४ दशमलव ४५ अंकले घटेर दुई हजार ९३५ दशमलव ९४ को विन्दुमा कायम भएको हो ।

    बुधबार ३४५ कम्पनीको तीन करोड ५८ लाख १९ हजार ८२९ कित्ता शेयर एक लाख ३८ हजार २५६ पटक खरिदबिक्री हुँदा रु १५ अर्ब नौ करोड चार लाख १६ हजार ८४६ बराबरको कारोबार भएको छ । 

    आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ४८ र व्यापार समूह तीन दशमलव ४५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend