रास्वपा सभापतिको मुद्दा सर्वोच्चमा ‘हेर्दाहेर्दै’, सांसदको शपथ के हुन्छ ?

रास्वपा सभापतिको मुद्दा सर्वोच्चमा ‘हेर्दाहेर्दै’, सांसदको शपथ के हुन्छ ?

बहस नसकिँदा मुद्दा पुनः हेर्दाहेर्दैमा, संसद सचिवालय भन्छ- शपथ गराउँछौं

images
मंगलवार, चैत्र १० २०८२
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिविरुद्ध सर्वोच्च अदालतमा दायर रिट अझै हेर्दाहेदैंमा रहेको छ । मुद्दा विचाराधीन छ । रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग संशोधन गर्ने र फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वाेच्च् अदालतमा तीन वटा रिट दर्ता भएको थियो । सोही रिटको मुद्दामा केही समययता निरन्तर बहस हुँदै आएको छ । मुद्दा केही दिन यता हेर्दाहेदैंमा समेत रहेको छ । 

    उक्त मुद्दामा चैत ९ र चैत १० (आज पनि) मा पनि  फैसला हुन सकेन र हेर्दाहेर्दैमा पर्‍यो ।

    अब अदालतले यसको पेशी चैत १२ गतेलाई तोकेको छ ।  सोही दिन फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमार्फत निर्वाचित भएका सांसदहरुको सपथ गराउने निर्वाचन आयोगको तयारी छ । संगठित अपराध र सम्पक्ति शुद्धीकरणको समेत मुद्दा लागेका रास्वपा सभापतिले सो दिन सपथ लिन पाउने नपाउने भन्नेमा दुई थरी तर्क छन् । 

    केही कानुनविद्ेहरुले सपथ लिन पाउने बताएका छन् । केहीले नपाउने तर्क गरेका छन् । कानुन ब्यवसायीहरुका आ आफ्नै मत आईरहेका बेला संसद सचिवालयले चही के गर्ला ? प्रश्न उठेको छ । 

    तर संसद सचिवालयले भने रविको सपथ गराउने तयारी गरेको छ । 

    संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले निर्वाचन आयोगबाट आएको निर्वाचित प्रतिनिधिसभा सदस्यको सूचीमा लामिछानेको नाम पनि उल्लेख भएर आएका कारण शपथ गराउने तयारी गरेको जानकारी दिए । 


    ‘हामीले निर्वाचन आयोगको सूची हेरेर शपथ गराउने हो । त्यसमा उहाँको नाम छ । उहाँलाई शपथ नगराउनु भनेर कतैबाट पनि केही आदेश नआउँदा हामीले यत्तिकै नगराउने भन्ने हुँदैन’, संसद सचिवालयका प्रवक्ता गिरीले भने । 

    सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ मा सम्पत्ति शुद्धीकरणको मुद्दा लागेको व्यक्ति प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको पदाधिकारीरकर्मचारी वा राष्ट्रसेवक पदमा रहे मुद्दाको किनारा नलाग्दासम्म स्वतः निलम्बित हुने उल्लेख छ । शपथ गर्न पाउने कि नपाउने भन्ने चाहिँ स्पष्ट कानूनी व्यवस्था छैन । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend