काठमाडौँ । अर्थविद् केशव आचार्यको निधन भएको छ । उपचारका क्रममा आज बिहान अन्नपूर्ण न्युरो अस्पतालमा उनको निधन भएको हाे ।
गत मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि मेडिकेयर अस्पताल भर्ना गरिएको थियो । त्यसपछि उनलाई मस्तिष्कघातको उपचारका लागि अन्नपूर्ण न्युरो अस्पतालमा लगिएको थियो ।
आचार्यको शव अहिले चाबहिलस्थित ओम नर्सिङ होममा राखिएको छ । उनकाे मंगलबार दाहसंस्कार गरिने पारिवारले जनाएकाे छ ।
.jpg)
