नेप्सेमा उछाल, ५४ अंकले बढ्दा काराेबार कति ?

नेप्सेमा उछाल, ५४ अंकले बढ्दा काराेबार कति ?

images
आइतवार, चैत्र ८ २०८२
  • काठमाडौँ । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको वृद्धि देखिएको छ । 

    आज नेप्से परिसूचक ५४ दशमलव ५१ अंकले बढेर दुई हजार ९३१ दशमलव ५५ को बिन्दुमा कायम भएको छ । 

    आइतबार विभिन्न ३६४ कम्पनीका छ करोड १४ लाख सात हजार ७४ कित्ता शेयर दुई लाख चार हजार ९५५ पटक खरिदबिक्री हुँदा रू २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार १८२ बराबरको कारोबार भएको छ ।

    आजको कारोबारमा व्यापार समूह शून्य दशमलव ११ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । यसदिन सबैभन्दा धेरै लघुवित्त समूह चार दशमलव २१ प्रतिशतले बढेको छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend