१२ चैतमा सरकार दाबी, १३ मा नयाँ प्रधानमन्त्रीको सपथ

१२ चैतमा सरकार दाबी, १३ मा नयाँ प्रधानमन्त्रीको सपथ

१२ चैतमा सांसदहरूको सपथपछि दल नेता चयन गर्दै सोही दिन सरकार दाबी गर्ने रास्वपा शीर्ष तहमा सहमति

images
बिहिवार, चैत्र ५ २०८२
  • काठमाडौं । नयाँ सरकार गठनका बारेमा राष्ट्रिय स्वतन्त्र पार्टी छलफलमा जुटेको छ । रास्वपाले चुनाव अगाडी नै भावी प्रधानमन्त्रीमा प्रस्तावित गरेका वरिष्ठ नेता बालेन शाह केही दिन देखि बसिरहेको कमलादीस्थित रोयल सिंगी होटलमा रास्वपाका बरिष्ठ नेताहरु नयाँ सरकार गठनका बारेमा आज साँझ छलफलमा बसेका थिए । 

    छलफलपछि रास्वपाले चैत १२ मा सांसदहरुको सपथ पछि दलको बैठक बसेर दल नेता चयन गर्ने, सोही साँझ प्रधानमन्त्रीमा दावी गदै राष्टपति कार्यालय जाने र १३ चैतमा नयाँ प्रधानमन्त्रीले सपथ लिने गरी कार्यतालिका बनाएका छन् । संसद सचिवालयले सांसदहरुको सपथ चैत १२ गते दिउँसो २ बजेका लागि तय गरेको छ । उक्त सपथ कार्यक्रम सकेलगत्तै सोही दिन रास्वपाले दलको बैठक बसेर दल नेता चयन गर्नेछ । रास्वपाले बरिष्ठ नेता बालेन शाहलाई सांसदहरुको सपथ पछि संसदीय दलको नेताका रुपमा चयन गर्नेछ । शाह पार्टी सांसदहरुको अभिमुखीकरण कार्यक्रममा समेत नगइृ केही दिन देखि रोयल सिंगी होटलमा बसेर सरकारका बारेमा गम्भिर चिन्तनमा थिए । 
    त्यही नै आज पार्टी सभापति रवि लामिछाने र पार्टीका दुई उपाध्यक्षहरु डिपि अर्याल र स्वर्णिम वाग्ले पुगेर बालेनसँग सरकार गठनका बारेमा छलफल गरेका हुन् । 

    सोही छलफलपछि अब नयाँ प्रधानमन्त्रीले १३ चैतमा सपथ लिने गरी कुरा टुंग्गेको बताइएको छ । रास्वपा एक्लैले यो निर्वाचन पछि सरकार बनाउन आवश्यक सिटमा जित निकालेको छ । सरकार गठनका लाग १३८ सिट आवश्यक छ । तर रास्वपासाग १८२ सिट छ । 

    ‘आउँदो चैत १३ गते प्रधानमन्त्रीले शपथ ग्रहण गर्नुहुनेछ’ रास्वपा शीर्ष नेताहरुको छलफलपछि रास्वपा उपसभापति स्वर्णिम वाग्लेले भने । 

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend