काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) लाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको संसदीय दलको बैठकले शाहलाई संसदीय दलको नेता बनाउने निर्णय गरेकाे हाे ।
यस्तै बैठकले प्रमुख सचेतकमा खुश्बु ओलीलाई बनाउने निर्णय गरेको छ ।
फागुन २१ गतेको निर्वाचनमा शाहीले जुम्लाबाट चुनाव जितेका थिए भने ओली समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्यमा चयन भएकी थिइन् ।
.jpg)
