जनकपुरधाम । नेपाली कम्युनिष्ट पार्टी मधेस प्रदेश सभामा चौथो दलमा उक्लिएको छ । तत्कालिन नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी लगायतको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टीको प्रदेश सभा एकीकृत गरिएको हो । एकीकृत पछि अब मधेस प्रदेश सभामा नेपाली कम्युनिष्ट पार्टी १५ सिट सहित प्रदेश सभाको चौथो दल बनेको छ ।
चौथो दल बनेपछि नेकपाका प्रदेश सभा दल नेतामा युवराज भट्टराई (समिर) चयन भएका छन् । उनी यस अगाडी तत्कालि नेकपा (माओवादी केन्द्र)का तर्फबाट दलको उपनेता थिए । २०७९ को प्रदेश सभा निर्वाचन परिणाम अनुसार माओवादी केन्द्र ९, नेकपा एकीकृत समाजवादीको ७ र नागरिक उन्मुक्तिका १ सिट थियो । तर, माओवादी केन्द्रका दुई प्रदेश सांसद भरतप्रसाद साह र रहबर अंसारी (हाल अन्सारी माओवादी छोडेर रास्वपा प्रवेश गरी प्रतिनिधिसभा सदस्य बनेका छन्) गत फागुन २१ को चुनाव लड्न प्रदेश सभाबाट राजीनामा दिएर गएका थिए ।
अहिले नेकपासँग अब मधेस प्रदेश सभामा १५ सिट कायम भएको छ । १०७ सदस्य रहेको मधेश प्रदेशसभामा अहिले ५ सिट रिक्त छ । एमालेको २४, काँग्रेसको २२, जसपा नेपालको १९, नेकपाको १५, जनमतको १२, लोसपाको ८ र नेपाल संघीय समाजवादीको १ सिट रहने समिकरण बनेको छ ।
मधेश प्रदेश सरकारमा नेकपा अहिले ३ वटा मन्त्रालयसहित सरकारमा समेत छ ।
दल नेता चयन भएका भट्टराई रौतहटबाट प्रदेशसभा र्निाचित भएका थिए । उनी आफ्नो निर्वाचन क्षेत्रमा विकासप्रेमी नेताका रुपमा चिनिन्छन् ।
.jpg)
