प्रतिनिधिसभामा नयाँ अनुहारको बाढी

४० मात्रै ‘पूराना’, २३५ सांसद पहिलोपटक संसदमा

४० मात्रै ‘पूराना’, २३५ सांसद पहिलोपटक संसदमा

अबको प्रतिनिधिसभामा ८५.४५ प्रतिशत नयाँ र १४.५४ प्रतिशत मात्र पुराना अनुहारका सांसद संसदमा देखिनेछन्

images
बुधवार, चैत्र ४ २०८२
  • काठमाडौं। संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा यसपटक अत्यन्तै नयाँ अनुहारले भरिएको छ। कुल २७५ सदस्यीय प्रतिनिधिसभामा मात्र ४० जना सांसद पुराना अनुभव भएका देखिनेछन् भने बाँकी २३५ जना पहिलोपटक संसदमा प्रवेश गर्नेछन्।


    २०४८ यताका विभिन्न निर्वाचनमा प्रतिस्पर्धा गर्दै संसदसम्म पुगेका नेताहरूमध्ये सीमित ४० जनामात्रै यसपटक पुनः प्रतिनिधिसभामा आइपुगेका छन्। यसले संसदको संरचनामा ठूलो पुस्तान्तरण भएको संकेत गर्छ।

    नयाँ सांसदको दबदबा
    यसपटक प्रतिनिधिसभामा करिब ८५.४५ प्रतिशत नयाँ सांसद हुनेछन् । प्रत्यक्षतर्फ १६५ मध्ये ३१ जना र समानुपातिकतर्फ ११० मध्ये ९ जना मात्रै पहिले पनि सांसद भइसकेका छन्। अर्थात्, १४.५४ प्रतिशत मात्र पुराना अनुहार संसदमा देखिनेछन्।

    यो तथ्यांकले संसदमा नयाँ सोच, नयाँ शैली र नयाँ राजनीतिक अभ्यासको सम्भावना बढाएको विश्लेषण भइरहेको छ।

    दलगत अवस्था : कसको कति पुराना- नयाँ ?
    दलगत रूपमा हेर्दा पनि नयाँ अनुहारकै वर्चस्व देखिन्छः

     एमाले : ११ पुराना, १४ नयाँ
     रास्वपा :  १४ पुराना, १६८ नयाँ (४ जनासँग प्रदेश अनुभव)
     कांग्रेस : ८ पुराना, ३० नयाँ
     नेकपा : ६ पुराना, ११ नयाँ (१ जनासँग प्रदेश अनुभव)
    राप्रपा : १ पुराना, ४ नयाँ
     श्रम संस्कृति : सबै ७ जना नयाँ

    संसदको नयाँ समीकरण
    यसपटकको प्रतिनिधिसभामा दलगत उपस्थिति यसप्रकार रहनेछः
     रास्वपा :  १८२
     कांग्रेस :  ३८
     एमाले : २५
     नेकपा :  १७
     श्रम संस्कृति :  ७
     राप्रपा :  ५
     स्वतन्त्र :  १
    यो संरचनाले संसदमा शक्ति सन्तुलनसँगै नयाँ दलको प्रभाव उल्लेख्य रूपमा बढेको छ । 

    कुन दलबाट को पूरानो ?
    एमाले
    सुहाङ नेम्वाङ
    राजेन्द्र राई
    लष्मीप्रसाद पोखरेल
    मोहम्मद इस्तियाक राइ
    गणेशसिंह ठगुन्ना
    यज्ञवहादुर बोगटी
    रामबहादुर थापा
    पद्मा अर्याल
    टुकाभद्र हमाल
    गुरु बराल
    कृपाराम राना

    रास्वपाबाट
    निशा डाँगी
    इन्दिरा रानामगर
    अशोकुकमार चौधरी
    मनिष झा
    अमरेश सिंह
    शिशिर खनाल
    गणेश पराजुली
    विराजभक्त श्रेष्ठ
    डोलप्रसाद अर्याल
    तोसिमा कार्की
    हरि ढकाल
    रवि लामिछाने
    सोविता गौतम
    स्वर्णिम वाग्ले

    कांग्रेसबाट 
    मोहन आचार्य
    टेकबहादुर गुरुङ
    अभिशेकप्रताप साह
    योगेश गौचन थकाली
    जनकराज गिरी
    भीष्मराज आङ्देम्बे
    अर्जुननरसिंह केसी 
    डा. चन्द्रमोहन यादव

    नेकपाबाट
    मातृका यादव
    पुष्पकमल दाहाल प्रचण्ड
    बर्षमान पुन 
    धनबहादुर बुढा
    महेन्द्रबहादुर शाही
    बलावती शर्मा

    राप्रपाबाट
    ज्ञानेन्द्र शाही


    प्रदेशबाट संघमा उक्लिएका नेता
    प्रदेशसभा छाडेर प्रतिनिधिसभामा भाग लिएका १३ जनामध्ये ५ जना मात्रै विजयी भएका छन्। प्रतिनिधिसभामा पुगेका ती नेताहरू हुन्  - डा. तारा जोशी, रहबर अन्सारी, युवराज दुलाल, सुनिल केसी र कन्हैया बानियाँ। जसमध्ये दुलाल नेकपाबाट र अन्य चार जना रास्वपाबाट निर्वाचित भएका हुन्।

    यसपटकको परिणामले नेपाली राजनीतिमा मतदाताको नयाँ अनुहारप्रतिको आकर्षण स्पष्ट देखाएको छ। पुराना दलप्रति असन्तुष्टि, नयाँ राजनीतिक शक्तिको उदय, र परिवर्तनको चाहनाले संसदको संरचनालाई नै नयाँ बनाएको विश्लेषकहरू बताउँछन्।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend