रास्वपालाई चिनियाँ कम्युनिस्ट पार्टीले दियो बधाई

रास्वपालाई चिनियाँ कम्युनिस्ट पार्टीले दियो बधाई

images
मंगलवार, चैत्र ३ २०८२
  • काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीले नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ल्याएको जितमा बधाई दिएको छ ।  उत्तरी छिमेकी मुलुक चिनले रास्वपा नेतृत्वलाई लिखित सन्देश नै पठाएर बधाई दिएको हो । रास्वपाका अन्तराष्टिय विभाग प्रमुख शिशिर खनालले चिनियाँ कम्युनिष्ट पार्टीले दुई पार्टीबीचको सम्वन्ध नयाँ स्तरमा विकास हुँदै गएको र आगामी दिनमा थप प्रगाढ हुने भन्दै रास्वपालाई बधाई सन्देश पठाएको जनाएका छन् । 

     ‘चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागले हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई एक औपचारिक पत्र पठाउँदै बधाई तथा आत्मीय शुभकामना व्यक्त गरेको छ,’ खनालले भनेका छन्, ‘उक्त सन्देशमार्फत चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपासँगको बढ्दो सम्बन्ध र सहकार्यप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा दुई राजनीतिक शक्तिबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास दिलाएको छ।’

    चिनियाँ कम्युनिस्ट पार्टीले पठाएको पत्रमा चीन र नेपालबीचको राजनीतिक आपसी विश्वासलाई थप गहिरो बनाउँदै दुवै देश र जनताको हितका लागि ‘साझा भविष्यसहितको समुदाय’ निर्माण गर्ने संकल्प गरिएको छ । 


    पत्रमा रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वदायी भूमिकाको प्रशंसा गरेको छ। दुवैको नेतृत्वमा रास्वपाले नेपाल-चीन परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्त गरिएको खनालले बताए। 

    चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपासँग विभिन्न क्षेत्रमा अनुभव आदानप्रदान, आपसी सिकाइ र द्विपक्षीय सम्बन्धको स्थिर विकासका लागि सँगै काम गर्ने तत्परता पनि देखाएको छ। 

    हेर्नुहोस् चिनियाँ कम्युनिष्ट पार्टीले पठाएको सन्देश

    cpc_qYdIjXFoFt.jpg

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend