मंगलबार १३ अंकले बढ्यो नेप्से

मंगलबार १३ अंकले बढ्यो नेप्से

images
मंगलवार, चैत्र ३ २०८२
  • काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ । मंगलबार नेप्से परिसूचक १३.५१ अंकले बढेर दुई हजार ८१२ दशमलव ३४ बिन्दुमा कायम भएको हाे ।

    आज ३४० कम्पनीको तीन करोड ४८ लाख ५२ हजार ७६० कित्ता शेयर एक लाख छ हजार १४० पटक खरिद–बिक्री हुँदा रु १२ अर्ब तीन करोड ४४ लाख छ हजार ३२८ बराबरको कारोबार भएको छ ।

    आजको कारोबारमा बैङ्किङ शून्य दशमलव ८४, विकास बैङ्क शून्य दशमलव ६४, जलविद्युत् एक दशमलव ५९, लगानी शून्य दशमलव ६१, उत्पादन तथा प्रशोधन शून्य दशमलव २९ र म्युचुअल फन्ड शून्य दशमलव ३६ प्रतिशले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । 
     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend