रवि लामिछानेको रिट आज पनि ’हेर्दाहेर्दै’मा, अब बिहीबार सुनुवाइ

रवि लामिछानेको रिट आज पनि ’हेर्दाहेर्दै’मा, अब बिहीबार सुनुवाइ

images
मंगलवार, चैत्र ३ २०८२
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदन आज पनि ’हेर्दाहेर्दै’मा राखिएकाे छ ।

    सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आइतबारदेखि सुनुवाइ सुरू भएको थियोे । आज पनि सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा राखिएकाे हाे । अब अर्काे सुनुवाइ यही चैत ५ गते बिहीबार हुने भएकाे छ । 

    यसअघि, सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइ गर्न यही चैत १ गतेका लागि पेस गर्न आदेश दिएको थियो ।

    महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन् । उक्त निर्णयविरूद्द युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend