दुवाकोटमा हुरीले दुई घरमा क्षति

दुवाकोटमा हुरीले दुई घरमा क्षति

images
मंगलवार, चैत्र ३ २०८२
  • भक्तपुर ।  भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोट त्रिपुराटोलस्थित ठकुरी टोलमा हावाहुरीले दुई घर भत्किएको छ । सोमबार साझा आएको हावाहुरीले ठकुरी टोलमा रहेको दुई घर भत्किएर क्षति पुगेको हो । 
     
    हावाहुरीले रामहरि बस्नेतको एकतले कच्ची घरको जस्ताको छाना तथा फलामको बिमसमेत उडाउनुका साथै घर पूर्ण रूपमा क्षतिग्रत भएको हो । उक्त घरको छानो उडाएर नजिकै रहेको ११ हजार भोल्टेजको थ्रीफेज तारमा अड्किँदा त्यसको भार थाम्न नसकी ट्रान्सफर्मर रहेको दुई वटा सिमेन्टको खम्बासमेत भाँच्चिएर ढलेको छ । उक्त खम्बा ढल्दा नजिकैको सुशीला खड्काको घरमा पनि क्षति पुगेको स्थानीय विकास प्रहरले जानकारी दिए ।  
     
    हुरीले घर नजिकै रहेको अर्को पनि विद्युत्को खम्बा ढलेपछि सडक अवरुद्ध बनेको थियो । हुरीका कारण दुई वटा घर पूर्ण रूपमा क्षति भएको पनि स्थानीय विकास प्रहरले जानकारी दिए ।
     
    हुरीपछि चाँगुनारायण नगर विपद् समितिले नगर प्रहरीमार्फत त्रिपालको व्यवस्था गरी घरलाई छोपिएको थियो । हुरी रोकिएपछि त्रिपुरा नगर टोल सुधार समितिका पूर्वअध्यक्ष उपेन्द्र ढकाल, समितिका अध्यक्ष श्याम थापासहितको टोली, चाँगुनारायण नगर प्रहरी, प्रहरी प्रभाग दुवाकोटको टोलीले उद्धार गरी घरलाई सुरक्षित राख्ने प्रयास गरिएको वडा नं २ का वडाध्यक्ष सोम प्रधानले जानकारी दिए ।

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend