सुदूरपश्चिमका मुख्यमन्त्री शाहले घुस मागेको आरोप लगाएका वन अधिकृत भट्ट पक्राउ

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले घुस मागेको आरोप लगाएका वन अधिकृत भट्ट पक्राउ

images
सोमवार, चैत्र २ २०८२
  • गोदावरी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ परेका छन् । 

    कैलालीको वन निर्देशनलायमा कार्यरत वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्टलाई प्रहरीले आज पक्राउ गरेको हाे ।  

    मुख्यमन्त्री शाहमाथि घुस मागेको आरोप लगाउने भट्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट पक्राउ गरेको हो । विद्युतीय अपराधसम्बन्धी जाहेरी दिएको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । 

    भट्टले केही दिनअघि सञ्चारमाध्यमलाई दिएको एक अन्तर्वार्तामा भट्टले मुख्यमन्त्री शाहले आफूसँग रु पाँच लाख मागेको र रकम नदिएपछि पूर्वाग्राही भएर आफ्नो सरुवा गरिएको आरोप लगाएका थिए । त्यसपछि उद्योग मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण बुझाउन मन्त्रालय पुगेका बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend