नेप्सेमा ४ अंककाे वृद्धि हुँदा काराेबार कति ?

नेप्सेमा ४ अंककाे वृद्धि हुँदा काराेबार कति ?

images
आइतवार, चैत्र १ २०८२
  • काठमाडौँ। साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । 

    आइतबार नेप्से परिसूचक चार दशमलव ४५ अंकले बढेर दुई हजार ८२४ दशमलव ९० विन्दुमा कायम भएको हो ।

    आज ३५० कम्पनीको तीन करोड ९५ लाख ४९ हजार ३३ कित्ता शेयर एक लाख २४ हजार ४९० पटक खरिदबिक्री हुँदा रु १४ अर्ब ३२ करोड ९६ लाख चार हजार ३१५ दशमलव ९० को कारोबार भएको छ । 

    आजको कारोबारमा होटल तथा पर्यटन समूह शून्य दशमलव ६२, लगानी शून्य दशमलव ५४, जीवन बिमा शून्य दशमलव ४६ र म्युचुअल फण्ड समूह शून्य दशमलव २५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend