पाटन (ललितपुर) । नेपाली कांग्रेसले समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले निर्वाचन आयोगको बन्दसूचीमा समावेश भएका नाममध्येबाट आदिवासी जनजाति र खसआर्यतर्फ छ/छ, थारुमा एक, दलित र मधेसीमा तीन/तीन र मुस्लिममा एक जनाको नाम आयोगमा पठाउने निर्णय गरेकाे हाे ।
फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको थियो। पार्टीले समानुपातिकतर्फ २० सिट पाएकाे थियाे ।
.jpg)
