राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बन्न लागेका बालेन (बालेन्द्र) शाहकी दिदी सुजाता शाह भारतको बैंङ्गलुरुमा बस्छन् । परिवारसहित त्यहाँ बस्दै आएकी बालेनको दिदीले विविसि हिन्दी सेवासँग अन्तवार्ता दिएकी छिन् । बालेन कसरी र्याप गायक र्याप स्टार बने। त्यसपछि उनले सिभिल इन्जिनियरिङ पढे, उनी २०७२ को भूकम्पपछि भारतको बैंङ्गलुरु पुगेर अध्ययन गरे, अनि काठमाडौं फर्केर कसरी काठमाडौंको मेयर र भावी प्रधानमन्त्रीको उम्मेदवार सम्म बने भन्ने बारेमा समेत उनले अन्तवार्तामा बोलेकी छिन् ।
नेपाल र भारतबीचको सम्वन्ध सुधार हुने देखि नेपालका युवा पुस्तालाई जिम्मेवारीवोध गराउने र नपाल बनाउने सम्मको बालेनको सपना पुरा हुने विश्वास उनले लिएकी छिन् । नेपालमा युवा पुस्ताले बालेनलाई भरोसा गरेको र वृद्दहरुले समेत भगवानको रुपमा विश्वास गरेको बालेनको दिदी बताउँछिन् । उनले विविसि हिन्दी सेवालाई दिएको अन्तवार्ताको नेपाली अनुवाद गरी साभार गरिएको छ :-
० चुनावको नतिजा आएपछि तपाईंले आफ्नो भाइसँग कुरा गर्नुभएको होला ? तपाईहरुका बीचमा कस्तो कुरा भयो ? उहाँ (बालेन) ले के भन्नुभयो ?
- निर्वाचनको समयमा म उसलाई धेरै डिस्र्टव (सताउन) गर्न चाहन्नथेँ। त्यसैले प्रायः म (म्यासेज) सन्देश मात्रै पठाउँथेँ। मतदानको दिन भने मैले उसलाई फोन गरें। हामीबीच फोनमै कुरा भयो। मलाई सधैं चिन्ता लागिरहन्थ्यो कि, उसले आफ्नो स्वास्थ्यको राम्रोसँग ख्याल गरिरहेको छ की छैन । एउटा दिदीले सधैं आफ्ना सानो भाइमा सधै आफ्नै बच्चा देख्छिन् । त्यसैले उसको चिन्ताले सधैं मन सताइरहन्छ ।
० तपाईंलाई आफ्नो बाल्यकालका बालेनसँग जोडिएर कस्ता कुराहरू सम्झना आउँछन् ?
- बालेन म भन्दा चार वर्ष उमेरमा कान्छो छ । मैले उसलाई हुर्किँदै गरेको देखेकी छु। उ बिलकुल पनि बदमासी गर्ने खालको थिएन । बाल्यकालमा सानो हुँदाहुँदै पनि ऊ निकै बुद्धिमान जस्तो देखिन्थ्यो । ठूलो मानिसजस्तै गरेर सबै प्रश्नहरूको उत्तर दिन्थ्यो। उसको उत्तर सुनेर सबै जना हाँस्ने र अचम्म मान्ने गर्थे। उ निकै शान्त र भ्रमित नहुने खालको थियो । जुन उमेरमा जे गर्नु पर्थ्यो, उसले सधैं सोचविचार गरेर गरथ्यो । त्यही नै उसको स्वभाव थियो।
० उहाँ (बालेन) यहाँ (भारत) पढ्न कहिले आउनुभयो ?
- तपाईंलाई याद होला, सन् २०१५ मा ठूलो भूकम्प आयो नेपालमा। त्यतिबेला उसले एउटा फर्ममा सिभिल इन्जिनियरको रूपमा काम गरिरहेको थियो । हामी काठमाडौंमा थियौँ, उ भने अर्काे स्थानमा थियो । त्यसबेलाको माहोल, वातावरण कस्तो थियो भन्ने तपाईलाई थाहा नै होला। सबै जना घरबाहिर थिए। एक महिनापछि म घर फर्किनुपर्ने थियो । तर म घर छोड्न चाहिरहेको थिँइन् । मेरो पति मलाई फोन गरेर बोलाईरहनु भएको थियो । तर म आउन इच्छुक थिइन् । किनभने म आफ्नो परिवार छोड्न सकिरहेको थिइन् । भूकम्पपछिका पराकम्पहरू आइरहेको थियो । उ मेरो बच्चासहित मलाई छोड्न यहाँ आएको थियो । त्यो वर्ष थियो सन् २०१५ ।
उ २०१५ मा यहाँ आयो र बेङ्गलुरु उसलाई निक्कै मन परयो । बेङ्गलुरुका मानिसहरू, त्यहाँको संस्कृति र वातावरण धेरै पारिवारिक छ। उसलाई बेङ्गलुरुप्रति मोह थियो र आफ्ना भान्जाप्रति पनि प्रेम थियो। उसले सोचेको थियो की यही (भारत)बाट मास्टर्स गर्न चाहन्थ्यो । स्ट्रक्चरल इन्जिनियरिङ अध्ययन गर्न चाहन्थ्यो । उ पहिले नै सिभिल इन्जिनियर थियो। उसले देशलाई भूकम्पबाट जोगाउन चाहन्थ्यो । नेपाल भूकम्पप्रवण देश हो। त्यसैले, यसलाई कसरी सुधार्ने, संरचना कस्तो बनाउने ? भूकम्पवाट कसरी कम भन्दा कम क्षति हुने गरी सुरक्षित बनाउने भन्ने कुरामा उसको चिन्ता थियो । त्यसका लागि उसले स्ट्रक्चरल इन्जिनियरिङ अध्ययन गर्न चाहेको थियो। त्यसका लागि बेङ्गलुरु आयो ।
० यहाँ आएपछि, के उहाँको सोचाइ परिवर्तन भयो ? विशेष गरी राजनीति क्षेत्रमा ?
- उ पहिले राजनीतिमा संलग्न थिएन । उसले हामीसँग राजनीतिका बारेमा केही पनि कुरा गरेको थिएन । उसले आफ्नो मनमा भएको दुःख र पीडा हामीसँग बाँड्दैनथ्यो । समस्याको समाधान के हुन्छ, उ आफै समाधान लिएर आउथ्यो । त्यसैले हामीलाई उसले राजनीतिका बारेमा सोचिरहेको बारेमा हामीलाई थाहा थिएन ।
त्यसैले, उसले पहिले स्ट्रक्चरल इन्जिनियरिङमा उत्तीर्ण भयो । र, त्यसपछि यहाँबाट उ नेपाल गयो । त्यसबेलासम्म उ र्यापरको रूपमा धेरै प्रसिद्ध भईसकेको थियो । उ र्याप ब्याटलमा विजेता थियो । उसले र्याप गर्न सुरु गरयो । धेरै एलबमहरू बनायो । उसले सबै सामाजिक समस्याहरूका बारेमा गहिरो गीत लेख्थ्यो । उसको र्यापले सबैको मन छुने खालको थियो ।
० उहाँलाई र्याप सङ्गीतमा कहिले रुचि भयो ? के तपाईंहरुको परिवारमा कोही सङ्गीतप्रेमी हुनुहुन्थ्यो ?
- मेरो पिता निकै राम्रो कवि हुनुहुन्थ्यो। उहाँ आयुर्वेदिक चिकित्सक हुनुहुन्थ्यो, तर उहाँको रुचि कवितामा थियो। उहाँका शब्द, संस्कृत श्लोक आदि अझै उहाँको मनमा थिए। त्यसैले उहाँका विचार र सोचहरू त्यसबाट पनि उ (बालेन) प्रभावित भएको र हुने गरथ्यो ।
० र्याप सङ्गीतमा रुचि नेपालमा सुरु भयो कि बेङ्गलुरु आएपछि ?
होइन, नवौं कक्षामा नेपालमै सुरु भयो। त्यसैले उ बच्चाहरूलाई मन पर्छ। र बयस्कहरूले भगबान (ईश्वर) को अवतार भन्छन्।
० तपाईंको परिवारका वृद्धजनलाई पनि यस्तो र्याप सङ्गीत मन पर्छ ?
यस विधामा हामीलाई त्यस्तो ज्ञान थिएन। नेपालमा केही प्रसिद्ध र्याप गायकहरू पनि थिए । तर हामीसँग प्रेमगीतहरू मात्र थिए । र्यापमा धेरै गालीगलौज र अपशब्द हुन्थ्यो। र यसमा धेरै प्राकृतिक स्वभाव थियो। र्यापको अर्थ हुन्छ-अपशब्द र आक्रोश निकाल्नु, आफ्नो पीडा बाहिर निकाल्नु। तर उसले आफ्नो पीडा निकाल्नुभयो। तर प्राकृतिक तरिकाले, उनले त्यो बाहिर निकाले। देश र समाजको लागि र्याप गाउथ्यो । सडकमा बस्ने बालबालिकाहरूको बारेमा र्याप गाउँथ्यो । त्यसैले, यी सबैले, बच्चादेखि वृद्धसम्म सबैको मन छोयो। अहिले मेयर भएपछि उसको काम देखेर पनि, वृद्धजन समेत उसप्रति भरोसा गर्न लागे । उसलाई मन पराउन थाले ।
० उहाँको र्याप सङ्गीतमा रुचि वा र्यापको छविले चुनावमा कति प्रभाव पार्यो ? चुनावमा कति फाइदा भयो ?
- मलाई लाग्छ, उसले यसको फाइदा पाएको छ । किनकि नतिजाले त्यसलाई देखाईरहेको छ । उ पहिले देखि नै नकारात्मक कुराहरूको विरुद्धमा थियो । उसले त्यसलाई आफ्ना कवितामा निकालेर संसारलाई देखायो । त्यसपछि स्टेप स्टेपमा उसलाई मानसिहरुले विश्वास गर्न थाले । पहिले उ र्याप गायक बन्यो । र्याप स्टार बन्यो, त्यसपछि सिभिल इन्जिनियर, त्यसपछि मास्टर्स, त्यसपछि मेयर, र अहिले प्रधानमन्त्री बन्ने बाटोमा छ ।
० तपाईंलाई कहिल्यै लाग्थ्यो कि के उहाँ प्रधानमन्त्री बन्नेछन् ?
- विल्कुल सोचेको पनि थिएनौं । तर जब उ काठमाडौं महानगरको मेयर बन्यो । त्यहाँको संस्कृति, परम्परा, पुरानो मठ मन्दिर, संस्कृति सुधार गरयो, संरक्षण गर्ने काम गरयो । त्यो सबै देखेपछि देशको अवस्था हेरचाह गर्न उसले सक्छ भन्ने लाग्यो ।
० पछिल्ला केही वर्षदेखि भारत र नेपालको सम्बन्ध त्यति राम्रो छैन। यस्तो परिस्थितिमा तपाईंका भाइले के गर्न सक्छन् ? दुई देशबीचको सम्वन्धमा कति सुधार गर्न सक्छन् ?
- उसले पक्कै पनि सुधार गर्नेछन्। मैले कहिल्यै उसलाई राजनीतिज्ञको रूपमा हेर्ने गरिन् । ऊ राजनीतिज्ञ पनि होइनन्। तपाईं उसको भाषण हेर्नुहोस्, सुन्नुस्, उ राजनीतिज्ञ जस्तो देखिँदैन। उ आफ्नै बाटो पछ्याउने व्यक्ति हो ।
उसले आफ्ना जनताको हेरचाह गर्नेछन् । उसको मनमा कुनै नराम्रो विचार हुने छैन। उहाँ आफु र अरू सबैको लागि राम्रो हुने काम गर्नेछ । उसको आफ्नो दिदी भारतमा छ । त्यसैले भारतसँग पनि उसले राम्रो सम्वन्ध बनाउनेछ । किनभने हाम्रो नेपाल भारतसँगको सम्बन्ध शताब्दीयौँ पुरानो छ। यसलाई कसैले भत्काउन सक्दैन। तपाईंले दुई देशको सम्वन्ध राम्रो छैन भनिरहनु भएको छ, त्यस्तो होइन । यो केवल केही समयको कुरा थियो। अब सबै कुरा राम्रो हुनेछ। सबै कुरा सकारात्मक रूपमा लिइनेछ। किनभने उसले प्रधानमन्त्री मोदीजीसँग जे कुरा भयो, त्यो राम्रो र सकारात्मक थियो। मलाई त्यो सुनेर खुशी लाग्यो। सबै कुरा राम्रो छ। सबै कुरा सकारात्मक देखिँदैछ।
० तपाईं साँच्चै उहाँकी दिदी हुनुहुन्छ, राजनीतिमा पनि ।
म कहिल्यै राजनीतिमा रुचि राख्दिनँ, विशेष गरी नेपालमा त। यदि कसैले राजनीतिमा बलियो स्वर ल्याएको छ भने त्यो बालेन हो। युवापुस्ता, देश खाली छ। मेरा सहपाठीहरू नेपालमा छैनन्। सबै कुरा खाली छ। सबै अब्बल पुस्ता बाहिर छन्। र देश खाली भएको छ। त्यसैले, उसले सबैलाई बलियो स्वरका साथ अघि ल्याइरहेको छ । यो उसको जिम्मेवारी हो । उसले दिशानिर्देश गरिरहेको छ की यो हाम्रो जिम्मेवारी हो । युवाहरुलाई अगाडी बढ्न र त्यसरी अगाडी बढेमात्र देश बन्छ भनेर उर्जा भरिरहेको छ । त्यसले नयाँ पुस्ताले राम्रो जीवन पाउनेछन् ।
.jpg)
