यी हुन् एमालेले छानेका समानुपातिकतर्फका १६ सांसद (नामसहित)

यी हुन् एमालेले छानेका समानुपातिकतर्फका १६ सांसद (नामसहित)

images
शनिवार, फाल्गुण ३० २०८२
  • काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फका १६ सांसदहरु छानेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा आज बसेको सचिवालय बैठकले एमालेको समानुपातिक तर्फका सांसदहरुको नाम फाइनल गरेको हो । 

    पितृ शोकमा रहेका ओलीको निवासमै बसेको बैठकले समानुपातिक तर्फका सांसदहरुको नाम टुंग्गो लगाएको सचिव महेश बस्नेतले जानकारी दिए ।

    बैठकले सबै क्लस्टरबाट नाम छनोट गरेको हो। 

    समानुपातिक तर्फका १६ र प्रत्यक्ष तर्फका ९ गरी अब संसदमा एमालेका २५ सांसद रहनेछन् । 


    यी हुन् एमालेले छानेका समानुपातिक तर्फका १६ सांसद

    जनजाति :  ४ जना
    महिला : 

    भूमिका सुब्बा
    गंगादेवी श्रेष्ठ
    पुरुष :

    रामबहादुर थापा मगर
    कुलभक्त शाक्य


    खस आर्य :  ५ जना
    महिला :

    पद्मा अर्याल
    टुकाभद्रा हमाल
    यशुदाकुमारी बराल (पीछडिएको क्षेत्र)

    पुरुष :

    गुरुप्रसाद बराल
    पुष्पराज कंडेल

    थारू : १ जना

    कृपाराम राना (पुरुष)

    दलित : २ जना
    महिला :

    विष्णुमाया बिके 
    नीता घतानी 

    मधेसी :  ३ जना
    महिला :

    रिंगला यादव 
    यशोधाकुमारी यादव 

    पुरुष : 

     चन्द्रेश्वर मण्डल

    मुस्लिम :  १ जना 

    साजिदा सिद्दीकी (महिला)

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend