एमालेमा आन्तरिक विस्फोट : नेताहरुबीचमै  ‘गाँड कोराकोर’

एमालेमा आन्तरिक विस्फोट : नेताहरुबीचमै  ‘गाँड कोराकोर’

images
शनिवार, फाल्गुण ३० २०८२
  • काठमाडौं । निर्वाचन परिणामले विछिप्त नेकपा एमालेभित्र चुनावी हारपछि नेताहरुका बीचमै ‘गाँड कोराकोर’ सुरु भएको छ । २०६४ सालको निर्वाचन भन्दा पनि खराब नतिजा आएपछि नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस सतहमा आएको छ । त्यसको पक्ष विपक्ष, आरोप प्रत्यारोपमा अहिले एमालेका नेताहरु लागेका छन् । 
    सामाजिक सञ्जाल, मिडिया र संवादमार्फत नेताहरूले नीति र नेतृत्व परिवर्तनको बहस थालेको देखिन्छ । एमालेमा विधान संशोधन गरेर केपी ओली तेस्रो पटक अध्यक्ष छन् । तर ओलीको निति र नेतृत्व र कार्यशैलीका कारण एमालेले यसपटकको चुनावमा नराम्रोसँग धक्का खाएको छ । 

    पार्टी उम्मेदवारले नै यसपटक ओलीको तस्बिर बोकेर चुनावी प्रचारमा जान सकेनन भने अध्यक्ष ओली स्वयमं आफुले जित्दै आएको झापा ५ मा ठूलो मतान्तरमा लज्जाजनक हार ब्यहोर्न पुगे । प्रत्यक्ष तर्फको चुनावमा भाग लिएका पार्टीका ११ जना पदाधिकारी नै चुनावमा पराजित हुन पुगे । त्यक्तिमात्रै होइन, प्रत्यक्ष तर्फ जम्मा ९ सिट र समानुपातिक तर्फ १६ गरी कुलमा २५ सिटमा खुम्चन पुगेको छ । 

    त्यसपछि एमालेमा अब ओलीको नेतृत्व कामयावी नहुने र उनले तत्काल पद छोडेर सन्यास लिनुपर्ने आवाज जर्वजस्त उठ्न थालेको छ । यो आवाजसँगै एमालेभित्र ओलीको बचाउ गर्ने या विरोध गर्ने भन्नेमा रस्साकस्सी सुरु भएको छ । नेताहरुका बीचमा आरोप प्रत्यारोप, गाँड कोराकोर सुरु भएको छ । 

    यस्तै गाँड कोराकोर एमालेका दुई पूर्वमन्त्री र छिमेकी जिल्लाका नेताहरुका बीचमा समेत भएको छ । शुक्रबार एमाले नेता तथा पूर्वमन्त्री शेरवहादुर तामाङले राष्ट्रिय प्रेस क्लबले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै चुनावी हारबारे पार्टीभित्र समीक्षा हुने तर एउटा मात्रै नेतालाई दोष दिएर केही नहुने बताएका थिए । त्यक्तिमात्रै होइन, तामाङले आफनो निर्वाचन क्षेत्र र प्रभावित क्षेत्र जोगाउन नसक्नेले ओलीमाथी आरोप लगाउने र अध्यक्ष छोडन् पर्छ भनेर मिडिया ट्रायल गर्ने काम नगर्न चेतावनीयुक्त भाषण गरेका थिए । 
    उनको त्यो कटाक्ष ओलीलाई पद छोड्न दवाव बढाईरहेका पूर्वमन्त्री गोकुल बास्कोटा लक्षित थियो । बास्कोटा काभ्रे २ बाट निर्वाचित हुादै आएका थिए । तर यसपटक उनलाई त्यहाँ ओलीले टिकट दिएनन, त्यो क्षेत्र एमालेले गुमायो । त्यसको झोकमा शेरवहादुरले गोकुल लक्षित टिप्पणी गरेका थिए । 
    तामाङले भनेका थिए, ‘हामीले ६ महिना अगाडि महाधिवेशन गरेर आएका थियौँ। तर हाम्रो पनि कार्यविभाजन समेत भइसकेको छैन। कोही एउटा नेतालाई अथवा फस्ट नेतालाई दोष लगाएर उम्किने ठाउँ कसैलाई छैन । आफ्नो निर्वाचन क्षेत्र, आफू प्रभावित क्षेत्र जोगाउन सकेर त्यसपछाडि ती आवाजहरू उठेको थियो भने यसलाई केही भन्न सकिन्थ्यो होला । आफ्नो क्षेत्र पनि जोगाउन नसकेका साथीहरूले कोही एउटा नेतालाई आरोप लगाएर उम्किने ठाउँ छैन ।’

    तर त्यसको काउन्टर जवाफ बास्कोटाले शनिबार बिहानै दिएका छन् । बास्कोटाले सामाजिक सन्जालबाट शेरवहादुरलाई प्रष्टै चरम अवसरवादी नेता भएको आरोप नै लगाएका छन् । उनले लेखेका छन्,  ‘भन्न मन थिएन तर मेरो मत मैले राखेबापत उनको कोदोवारी फाँडेसरह शेरबहादुर तामाङजी म माथि सार्वजनिक रुपमा जाइलागेछन् । म तपाईं जस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होईन, पटकपटक पार्टी नै फुटाउन समेत पछि नपर्ने चरम अवसरवादी पात्र होइन । २०३८ यताका इतिहस हेरौँ न ।’

    एमालेभित्र नेताहरुका बीचमा हुन थालेको यो खालको गाँड कोराकोरले अझ एमालेलाई अप्ठ्यारो पार्ने देखिएको छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend