काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार किशोरी साहको नाम कालोसूचीमा नराख्न नेपाल राष्ट्र बैंक र कर्जा सूचना केन्द्रको नाममा अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश सारंगा सुवेदीको इजलासले बिहिबार त्यस्तो आदेश जारी गरेको हो । निर्वाचन आयोगले रास्वपा उम्मेदवारको नाम कालोसूचीमा रहेको देखिएपछि उनको उम्मेदवारी फागुन १८ गते खारेज गरिदिएको थियो । त्यसपछि साह सर्वाेच्च् अदालत पुगेका थिए ।
साहको उम्मेदवारी खारेज भएपनि मतदाताले उनी उम्मेदवार रहेको चुनाव चिन्ह्र घन्टीमा सबैभन्दा बढी मत दिएका थिए । तर आयोगले भने शाहको उम्मेदवारी खारेज भएकोले साहको चुनाव चिन्ह्रमा आएको मतलाई त्यक्तिकै राखेर त्यसपछिको बढी मत ल्याएका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मातृका यादवलाई निर्वाचित भएको घोषणा गरिदिएको थियो ।
सर्वाेच्चको आज आएको यो आदेशसँगै साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय निस्तेज हुने र उनको उम्मेदवारी यथावत रहने अवस्था आएको उनको पक्षबाट बहस पैरवी गरेको अधिवक्ता दिपेन्द्र झाले जानकारी दिए ।
त्यसो हुँदा साहको उम्मेदवारी यथावत हुँदै उनले पाएको मत स्वभाविक हुने अवस्था आउने अधिवक्ता झाको भनाई छ । सर्वाेच्च अदालतको यो आदेशपछि अब नेकपाका निर्वाचित उम्मेदवार मातृका यादवको जित के हुन्छ ? भन्ने प्रश्न उठेको छ ।
.jpg)
