काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि नेपाल आयाल निगमले अबदेखि आधा सिलिण्डर मात्र ग्यास सर्वसाधारणलाई वितरण गर्ने निर्णय लिएको छ । आयाल निगमको यो निर्णय आज बसेको सञ्चालक समितिको बैठकले गरेको हो ।
यो निर्णयपछि अब देखि आम उपभोक्ताहरुले खाना पकाउने ग्याँस आधा सिलिन्डर मात्रै पाउने भएका छन् । निगमले सोही अनुसार ग्यास बजारमा पठाउने भएको छ । यस अगाडी पनि नेपालमा भारतले नाकाबन्दी लगाएको बेला ग्यास, पेटोल, डिजेलहरुको अभाव भएका बेला पनि आधा सिलिन्डर ग्यास वितरण गरेको थियो।
आयाल निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टले बिहिबार बसेको निगमको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको जानकारी दिए। उपभोक्ताले आवश्यकभन्दा बढी परिणाममा ग्यास सिलिण्डर भण्डार गर्न थालेपछि निगमले बजारमा आधा सिलिन्डर पठाउने निर्णय गरेको हो।
निगमले इन्डियन आयल निगम ९आईओसी०सँग किनेर ग्यास बिक्री गर्दै आइरहेको छ।
तर भारतबाट मागअनुसारको ग्यास आउन छाडेको छ। नेपालमा औसतमा दैनिक १२० बुलेट ग्यास आवश्यक पर्छ। करिब दैनिक ८० वटाको हाराहारीमा बुलेट आइरहेको छ।
.jpg)
