प्रतिनिधिसभामा दलहरुको अब यस्तो हुन्छ चित्र

प्रतिनिधिसभामा दलहरुको अब यस्तो हुन्छ चित्र

६ दल बने राष्ट्रिय पार्टी, दुई तिहाइका लागि रास्वपालाई पुगेन २ सिट

images
बुधवार, फाल्गुण २७ २०८२
  • काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक तर्फको अन्तिम परिणाम आएसँगै दलहरुको नयाँ समिकरण अब संसदमा तयार भएको छ । 

    कुल २७५ सदस्यीय प्रतिनिधिसभामा अब सबैभन्दा ठूलो दलका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हुनेछ । उसको संख्या झण्डै दुई तिहाई अर्थात पछिल्ला निर्वाचनमा कुनै पनि दलले पाउन नसकेको संख्या हुनेछ । अर्थात दुई तिहाईका लागि २ सिट मात्रै अपुग भएर १८२ सिट सहित रास्वपा प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलका रुपमा रहनेछ । २७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइका लागि १८४ सिट आवश्यक पर्छ ।


    अब रास्वपालाई सरकार बनाउन अन्य कुनै पनि दलको वैशाखी आवश्यक नपर्ने गरी संसदमा उसको बलियो उपस्थिती रहने छ ।

    प्रत्यक्षमा १२५ सिट जितेको रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने भएपछि उसले कुल १८२ सिट पुग्ने निश्चित भएको छ । यधपी निर्वाचन आयोगले समानुपातिक सिट बााडफाँड भने गरिसकेको छैन । 

    रास्वपापछि अब संसदमा नेपाली कांग्रेस दोस्रो दलको रुपमा रहने छ । तर रास्वपाको तुलनामा यो दलसहित अन्यको उपस्थिती निक्कै कमजोर हुने छ । कांग्रेसले प्रत्यक्षमा १८ सिट जितेको छ । समानुपातिकमा २० सिट पाउने देखिएको छ । यसो हुँदा प्रतिनिधिसभामा कांग्रेसको ३८ सिट हुनेछ । तेस्रो दलको रुपमा एमाले रहने छ । उसले प्रत्यक्षमा ९ सिट जितेको छ । समानुपातिक तर्फ अब उसले १६ सिट पाउने देखिएको छ । प्रत्यक्ष र समानुपातिक जोडिँदा एमालेको अब प्रतिनिधि सभामा २५ सिट हुनेछ  
    त्यसैगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को संसदमा १७ सिट हुनेछ । प्रत्यषमा उसले ८ सिट जितेको थियो । समानुपातिमा उसले अब ९ सिट पाउने देखिन्छ । 

    त्यस्तै श्रम सस्कृति पार्टी नयाँ दलको रुपमा संसदमा प्रवेश गदैछ । यो दल ७ सिट सहित उपस्थित हनेछ । प्रत्यक्षमा यो पार्टीले ३ सिट जितेको छ । समानुपातिकमा ४ सिट पाउने देखिएको छ । राप्रपाले प्रत्यक्षमा एक सिट जितेकाले समानुपातिक तर्फ ४ सिट पाउने र कुलमा ५ सिट हुनेछ ।

    यी ६ दलहरु मात्रै राष्ट्रिय दलका रुपमा प्रतिनिधिसभामा हुनेछन् । यसबाहेक महाबीर पुन स्वतन्त्र सांसदको रुपमा रहनेछन् । उनले स्वतन्त्र रुपमा प्रत्यक्ष चुनाव जितेका हुन् ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend