काठमाडौं । नेपालमा संसदीय निर्वाचन सुरु भएको करिब सात दशकको इतिहास हेर्दा वामपन्थी शक्तिहरूको यात्रा उतारचढावले भरिएको देखिन्छ। कुनै समय संसद्मा निर्णायक शक्ति बनेका वाम दलहरू पछिल्लो चुनावमा भने उल्लेखनीय रूपमा कमजोर देखिएका छन्।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना २००६ साल वैशाख १० गते भएको थियो। पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलाश जोशीमिलेर नेपाल कम्युनिष्ट पार्टी गठन गरेका थिए।
तर कम्युनिष्ट पार्टीहरुमा आएको निरन्तरको विभाजन, टुटफुटको श्रृंखलाले मात्रै होइन, यी पार्टीका नेतृत्वका अनेक कमजोरी र अहंमताका कारण पनि कम्युनिष्ट जनमत निरन्तर ओरालो यात्रामा देखिन थालेको छ । यो पटक राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाई नजिक सिट र मत ल्याउँदा इतिहासकै सबैभन्दा कमजोर मोडमा नेपालका कम्युनिष्ट पार्टीहरु पुगेका छन् ।
२०१५ सालमा भएको पहिलो आम निर्वाचनमा कम्युनिस्टहरूले ४ सिट जितेका थिए। त्यतिबेला संसद् १०९ सदस्यीय थियो र कम्युनिस्टहरूको मत प्रतिशत ७।२० प्रतिशत मात्रै थियो। त्यस चुनावमा नेपाली कांग्रेसले दुई तिहाइ बहुमत ल्याएको थियो।
तर २०४६ सालमा बहुदलीय व्यवस्था पुनःस्थापित भएपछि भएको २०४८ सालको निर्वाचन पछि भने नेपालमा वामपन्थी दलको प्रभाव बढ्दै गएको थियो ।
विभिन्न समुहमा कम्युनिष्ट पार्टीहरु विभाजित भएपनि नेपालमा वामपन्थी दल कुनै न कुनै रुपमा निर्णायक नै देखिएका थिए । २०४८ सालको निर्वाचनमा २०५ सिटमध्ये ८२ सिट वामपन्थी दलले जितेका थिए । मत प्रतिशत ३७।३ प्रतिशत थियो।
२०५१ सालको मध्यावधि निर्वाचनमा कम्युनिस्टहरूले ८८ सिट जिते। त्यसबेला मनमोहन अधिकारी नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री बनेका थिए ।
२०५२ साल देखि अर्काे कम्युनिष्ट शक्ति तत्कालिन नेकपा (माओवादी)ले शत्रस्त्र संर्घष शुरु गरयो । २०६२/०६३ को जनआन्दोलनसम्म आईपुग्दा त्यही माओवादी शक्तिकै बलमा नेपाल गणतन्त्रात्मक ब्यवस्थामा पुग्यो ।
सदियौं राज गदैं आएको राजतन्त्र सदाका लागि विदा हुने अवस्था आयो । माओवादी जनयुद्दमा रहेपनि संसदीय राजनीति गरिरहेका अर्काेथरी कम्युनिष्टहरुले आफनो जनमत बढाईरहेकै थिए । २०५६ सालको चुनावमा वाम दलहरूले ८२ सिट जिते र मत प्रतिशत बढेर ४१ प्रतिशत पुगेको थियो। दश वर्षे सशस्त्र द्वन्द्वपछि भएको २०६४ सालको संविधानसभा निर्वाचन वाम शक्तिको चरम समय बन्यो। माओवादी एक्लैले २२० सिट जित्यो । सबै वाम दल मिलेर ३५३ सिट पुग्यो । कुल मत प्रतिशत ५७।९ प्रतिशत थियो।
त्यसबेला सबै कम्युनिष्टको मत प्रतिशत जोड्ने हो भने अहिलेको चुनावमा उछाल ल्याईरहेको रास्वपाको भन्दा २०६४ मा बाम शक्तिहरुको मत जोड्ने हो भने अझ बढी थियो ।
तर त्यो जनमतलाई बामपन्थी कम्युनिष्टहरुले जोगाईराख्न सकेनन । त्यसपछि लगत्तै कम्युनिष्टहरुको शक्ति ओरालो लाग्यो । २०७० सालको संविधानसभा चुनावमा वाम दलहरू २७० सिट मा खुम्चिए।
त्यसपछि फेरि दुई ठूला कम्युनिष्टहरुले एकता गर्ने उद्घोष गरे । निर्वाचनमा मिलेर लडे । ०७४ को प्रतिनिधिसभा निर्वाचनपछि एमाले र माओवादी मिलेर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनाए। एमाले १२१ सिट, माओवादी ५३ सिटमा जिते । कुलमा १७४ सिट सहित बलियो सरकार वामपन्थीहरुकै बन्यो । तर त्यसलाइृ टिकाउन सकेनन ।
पार्टी छिन्नभिन्न भयो । मत प्रतिशत पनि घट्न पुग्यो । २०७९ सालको निर्वाचनसम्म आइपुग्दा वामपन्थी दलहरूको मत प्रतिशत घटेर ४२ प्रतिशत मा झरेको देखिन्छ।
पछिल्लो चुनाव (फागुन २१, २०८२)ले त झन् नेपालका कम्युनिष्टहरुलाई धेरै तल झारिदिएको छ ।
हालको निर्वाचन परिणाम हेर्दा वाम दलहरूका लागि स्थिति अझ कमजोर देखिएको छ। इतिहासमै सबैभन्दा कमजोर अवस्थामा कम्युनिष्टहरु आईपुगेका छन् । नेपाली कम्युनिष्ट पार्टीले प्रत्यक्षमा ८ र नेकपा एमालेले प्रत्यक्षमा ९ सिट मात्रै जित्ने अवस्थामा आईपुगे ।
जारी समानुपातिक मतगणनामा पनि यी दलहरु गैह कम्युनिष्ट पार्टीहरुको तुलनामा निक्कै कमजोर अवस्थामा पुगेका छन् । कुल १ करोढ ७ लाख मतगणना भईसक्दा यी दलहरुले प्राप्त गरेको मत सबै जोडने हो भने पनि निक्कै कमजोर अवस्थामा नेपालका कक्युनिष्टहरु पुगेको देखिएको छ । कुनै समय दक्षिण एसियाको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी बनिसकेको नेपालका कम्युनिष्टहरु अहिले पश्चिम वंगालको जस्तो कमजोर अवस्थामा पुगेको विश्लेषण भईरहेका छन् ।
अब समानुपातिकमा सरदर २ लाख जति मत गणना हुन बाँकी रहँदा नेपालका कम्युनिष्ट पार्टीले पाएको समानुपातिक मत यसप्रकारको रहेको छ :
- नेकपा एमाले १४,४८,४१२
- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ८,०४,१७१
- नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ४२,२१६
- राष्टिय जनमोर्चा २९,४२९
- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) २४,५६६
- नेपाल कम्युनिष्ट पार्टी (माओवादी) २३,८२५
- आम जनता पार्टी १३,४३०
- नेकपा माले ६,१३७
- नेपाल कम्युनिष्ट पार्टी काक्र्सवादी (पुष्पलाल) ४,८१४
- नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ४,५०३
.jpg)
