दाउन्नेमा ठोकिए पाँचवटा सवारीसाधन, आठ जना घाइते

दाउन्नेमा ठोकिए पाँचवटा सवारीसाधन, आठ जना घाइते

images
बुधवार, फाल्गुण २७ २०८२
  • दाउन्ने । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किएका छन् । उक्त सवारी दुर्घटनामा परी आठ जना घाइते भएका छन् ।
     
    विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिक गए राति उक्त दुर्घटना भएको हो । सुनौलीबाट पूर्वतर्फ आइरहेको भारतमा दर्ता भएको ‘कन्टेनर’ले एकतर्फी सडकमा ‘ओभरटेक’ गर्ने क्रममा ती सवारीसाधन एकापसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए । 

    उनका अनुसार, दुर्घटनामा मोटरसाइकल चालक कालिकोट रास्कोट नगरपालिका–६ का करिब ३० वर्षीय अमर कार्की, सोही मोटरसाइकल पछाडि सवार रास्कोट–७ का करिब २५ वर्षीय महेन्द्र महतारा र अर्काे यात्रुवाहक बसमा सवार छ जना घाइते भएका छन् । 

    बसमा रहेकामध्ये रोल्पा स्मृति गाउँपालिका–४ का बस चालक शङ्कर विष्ट, रामेछाप मन्थली नगरपालिका–१२ का विनोदकुमार अछामी, रोल्पा नगरपालिका–४ लिवाङका उदीराम विष्ट, धरान–१५ का नाम्नुहाङ राई, रोल्पा नगरपालिका–२ का दर्शन पोख्रेल, सुनसरी नगरपालिका–५ का चन्द्रसिंह थापा तथा प्युठान स्वर्गद्वारी नगरपालिका–७ का ६० वर्षीय यज्ञप्रसाद भुसाल घाइते भएका हुन् । 

    उनीहरुको उपचार मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा भईरहेको छ ।  दुर्घटनामा संलग्न कन्टेनर चालक भने फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend