समानुपातिकमा कुन दलले कति पाउन सक्छन् सिट ? यस्तो छ तथ्यांक

समानुपातिकमा कुन दलले कति पाउन सक्छन् सिट ? यस्तो छ तथ्यांक

images
मंगलवार, फाल्गुण २६ २०८२
  • काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको अन्तिम मत परिणाम सार्वजनिक भईसकेको छ । समानुपातिक तर्फको मतगणना पनि अब बढीमा १० लाख जति मात्रै मत गन्न बाँकी छ । 
    अहिले यो समाचार तयार पार्दासम्म कुल एक करोड दुई लाख ९० हजार ५४६ मतगणना भईसकेको छ । यस आधारमा हेदा राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ४९ लाख ४७ हजार ५२३ मत प्राप्त गरेको छ ।
    यस आधारमा उसले समानुपातिक तर्फको ११० सिटमा ५८ सिट पाउने देखिएको छ।  
    त्यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ७३ हजार ९८३ मत पाएको छ । यो आधारमा उसले समानुपातिकमा १९ सिट पाउने देखिएको छ । 

    तेस्रो स्थानमा रहेको एमालेले १३ लाख ८९ हजार ८२० मत पाएको छ । उसले प्राप्त मतका आधारमा १६ सिट पाउने देखिन्छ । चौथो पोजिसनमा रहेको नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ५२ हजार ९४६ मत पाएको छ । उसले समानुपातिक तर्फ कुलमा ९ सिट पाउने देखिन्छ । 
    त्यस्तै श्रम संस्कृति पार्टीले ३ लाख ४७ हजार ७८५ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २२ हजार ४७२ मत प्राप्त गरेको छ । यी दुवै दलले ३ प्रतिशत थ्रेस होल्ड कटाएको कारण दुबै दलले ४ ÷४ सिट समानुपातिक तर्फबाट पाउने देखिएको छ । 

    आफुले पाउने सिटका आधारमा रास्वपाले कम्तीमा ४८ जना महिलालाई छान्नुपर्ने देखिएको छ । कांग्रेसले कांग्रेसले आफुले पाउने १९ सिटमा अब १२ महिला सांसद, एमालेले आफुले पाउनसक्ने १६ सिटमा ९ महिला, नेकपाले पाउने ९ सिटमा ६ महिला, श्रम सस्कृति र राप्रपाले पाउने ४–४ सिटमा दुई दुई जना महिला सांसद समानुपातिकबाट छान्नुपर्ने देखिएको छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend