चुनावपछि नेप्सेमा एकैदिन तेस्रो सकारात्मक सर्किट, लगानीकर्तामा उत्साह

चुनावपछि नेप्सेमा एकैदिन तेस्रो सकारात्मक सर्किट, लगानीकर्तामा उत्साह

images
सोमवार, फाल्गुण २५ २०८२
  • काठमाडौँ । प्रतिनिधिसभा चुनाव र त्यसबाट आएको परिणामले नेप्से बजारमा सकारात्मक सर्किट लागेको छ । लगानीकर्ताहरु उत्साहित देखिएका छन् । एकैदिन तीन पटकसम्म सकारात्मक सर्किट हुने गरी नेप्से बढेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा लगातार तेस्रो सकारात्मक सर्किट लागेसँगै सोमबारको कारोबार दिउँसै बन्द समेत गरिएको थियो । 

     नेप्से परिसूचक १६२ दशमलव ९३ अङ्कले बढेर दुई हजार ८७५ दशमलव ४३ को बिन्दुमा कायम भएको छ । यो छ प्रतिशतको वृद्धि हो । बजार खुलेलगत्तै नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धि अर्थात् पहिलो सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि कारोबार रोकिएको थियो । त्यस्तै, ११ बजेर २१ मिनेटमा कारोबार खुलेको एक मिनेटभित्रै दोस्रोपटक सकारात्मक सर्किट लागेको थियो । परिसूचकमा पाँच प्रतिशतको वृद्धि देखिएपछि ४० मिनेटका लागि कारोबार रोकिएको थियो ।

    त्यस्तै, नेप्से परिसूचकमा १२ बजेर १  मिनेटमा छ प्रतिशतको वृद्धि अर्थात् तेस्रोपटक सकारात्मक सर्किट लागेपछि दिनभरिको कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ ।
         
    हाल कार्यान्वयनमा रहेको ‘सर्किट ब्रेक’सम्बन्धी व्यवस्थाअनुसार कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक चार प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ । त्यस्तै, दोस्रो घण्टामा पाँच प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगित गरिने व्यवस्था रहेको छ ।
         
    सोमबार २६१ कम्पनीको ११ लाख ४३ हजार ७६७ कित्ता शेयर चार हजार ५१ पटक खरिद–बिक्री हुँदा रु ५५ करोड ५९ लाख ६३ हजार ८९४ बराबरको कारोबार भएको छ । बैङ्किङ ६ दशमलव ९२, विकास बैङ्क पाँच दशमलव ९१, वित्त पाँच दशमलव ४७, होटल तथा पर्यटन पाँच दशमलव ७३, जलविद्युत् छ दशमलव ८१ र लगानी समूह सात दशमलव ०६ प्रतिशतले बढेको छ । 

    त्यस्तै, जीवन बीमा चार दशमलव ६७, उत्पादन तथा प्रशोधन पाँच दशमलव ३०, लघुवित्त चार दशमलव ०७, म्युचुअल फन्ड शून्य दशमलव १८, निर्जीवन बीमा तीन दशमलव ७४, व्यापार सात दशमलव ७३ र अन्य समूह पाँच दशमलव ५६ प्रतिशतले बढेको हो । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend