काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामले यसपटक पुराना शक्तिशाली नेताहरूलाई ठूलो झट्का दिएको छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्येबाट पूर्वप्रधानमन्त्री तथा मन्त्री भइसकेका नेतामध्ये जम्मा १६ जना मात्रै संसदमा निर्वाचित भएका छन्।
त्यसमध्ये पूर्वप्रधानमन्त्रीतर्फबाट एक जना मात्रै निर्वाचित भएका छन्। निर्वाचित हुने एक मात्र पूर्वप्रधानमन्त्री हुन् पुष्पकमल दाहाल ‘प्रचण्ड’। उनी नेपाली कम्युनिष्ट पार्टीका संयोजक समेत छन् । पूर्वी रुकुममा पुगेर उनी निर्वाचित भएर आएका हुन् । अन्य पूर्वप्रधानमन्त्रीहरू भने यसपटक प्रत्यक्ष निर्वाचनबाट संसदमा प्रवेश गर्न असफल भएका छन्।
पूर्वमन्त्रीहरूको हकमा पनि अवस्था खासै फरक छैन । चुनावी मैदानमा ठूलो संख्यामा पूर्वमन्त्री उम्मेदवार भए पनि थोरैले मात्रै मतदाताको विश्वास जित्न सके। उपप्रधानमन्त्री भइसकेका नेतामध्ये भने एक जना मात्रै निर्वाचित भएका छन्। उनी हुन् राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ।
यसपटक निर्वाचित हुने १६ जना पूर्वप्रधानमन्त्री तथा पूर्वमन्त्रीहरू विभिन्न दलबाट प्रतिनिधित्व गर्छन्।
सबैभन्दा बढी ७ जना राष्टिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका छन् । प्रचण्डसहित ४ जना नेपाली कम्युनिष्ट पार्टी (नेकपा), ३ जना नेकपा एमाले र २ जना नेपाली कांग्रेसबाट निर्वाचित भएका छन् । संघीय मन्त्री भएका यति मात्रै निर्वाचित भएपनि केही भने प्रदेशतिर मन्त्री मुख्यमन्त्री भएकाहरु पनि निर्वाचित भने भएका छन् ।
तर संघीय संसदमा आएर मन्त्री भएकाहरुको संख्या भने संसदमा यसपटक सबैभन्दा कम देखिनेछ । समानुपापितकतर्फबाट कांग्रेस, एमाले र माओवादीबाट थप केही नेताहरु पूर्वमन्त्री भईसकेका नेताहरु आउने सम्भाबना भने छ । तर प्रत्यक्षतर्फबाट भने नगन्य मात्रामा संघीय मन्त्री भएकाहरुको जित भएको हो ।
यी हुन् निर्वाचित भएका पूर्व प्रधानमन्त्री, मन्त्रीहरु
नेकपाबाट
पुष्पकमल दाहाल -पूर्व प्रधानमन्त्री
वर्षमान पुन - पूर्वमन्त्री
महेन्द्रबहादुर शाही - पूर्वमन्त्री
धनबहादुर बुढा - पूर्वमन्त्री
रास्वपाबाट
रवि लामिछाने - पूर्व उपप्रधानमन्त्री
तोषिमा कार्की - पूर्व राज्यमन्त्री
बब्लु गुप्ता - पूर्वमन्त्री
जगदीश खरेल- पूर्वमन्त्री
डोलप्रसाद अर्याल- पूर्वमन्त्री
शिशिर खनाल- पूर्वमन्त्री
विराजभक्त श्रेष्ठ- पूर्वमन्त्री
कांग्रेसबाट
टेकहाबदुर गुरुड - पूर्व राज्यमन्त्री
जनकराज गिरी- पूर्व राज्यमन्त्री
एमालेबाट
मोहम्मद इस्तियाक राइ- पूर्वमन्त्री
राजेन्द्रकुमार राई- पूर्वमन्त्री
गणेशसिंह ठगुन्ना - पूर्वमन्त्री
.jpg)
