कति दल बन्ला  ‘राष्ट्रिय दल’ ? यस्तो छ अहिलेसम्मको नतिजा

कति दल बन्ला  ‘राष्ट्रिय दल’ ? यस्तो छ अहिलेसम्मको नतिजा

रास्वपा, कांग्रेस, एमाले, नेकपा र राप्रपा मात्रै  ‘राष्ट्रिय दल’ बन्ने सम्भाबना

images
आइतवार, फाल्गुण २४ २०८२
  • काठमाडौं । राष्ट्रिय दल बन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष तर्फ एक सिट र समानुपातिक तर्फ खसेको मतको तीन प्रतिशत मत कटाउनुपर्ने हुन्छ । अन्यथा उक्त परिणाममा निर्वाचन नतिजा आफनो पार्टीको पोल्टामा पार्न नसक्ने राजनीतिक दलहरुले राष्ट्रिय दलको मान्यता पा्रप्त गर्न सक्दैनन । 
    फागुन २१ मा सम्पन्न भएको निर्वाचनको जारी मतगणनाका आधारमा अहिलेसम्म पाँच राजनीतिक दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउन अग्रसर देखिएका छन् । अहिलेसम्म तीन दलले राष्ट्रिय दल बन्न पुगने मत पाईसकेका छन् । राष्टिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमालेले अब गणना भएकोमा मत नै पाएनन भने पनि उनीहरु राष्ट्रिय दल बन्नेछन् । 

    त्यसबाहेकका नेपाली कम्युनिष्ट पार्टी र राष्टिय प्रजातन्त्र पार्टी पनि अहिलेसम्मको गणनाका आधारमा भने राष्ट्रिय दल बन्ने देखिन्छन् । तर उनीहरुले अबको गणनामा पनि मत अनिवार्य ल्याउनुपर्ने हुन्छ । रास्वपा, कांग्रेस र एमालेलाई जस्तो मत नै नआएपनि राष्ट्रिय दल बन्ने सुविधा भने नेकपा र राप्रपालाई भने छैन । 

    समानुपातिक प्रणालीमा देशभरि करिब २५ प्रतिशत मतगणना भइसकेको निर्वाचन आयोगको भनाई छ । अहिलेसम्म  रास्वपाले १२ लाख ८८ हजार ४२१, कांग्रेसले ४ लाख ७१ हजार ३५५, एमालेले ३ लाख ८० हजार ९३२ मत पा्रप्त गरेको छ । 
    त्यस्तै नेकपाले अहिलेसम्म १ लाख ८२ हजार ८३४ र राप्रपाले १ लाख १ हजार २२४ मत प्राप्त गरेको छ । नेकपाले अहिलेसम्म गणना भएकोमा पाएको मत प्रतिशत ६ र राप्रपाको तीन प्रतिशत छ ।

    धरानको पूर्व मेयर हर्क साम्पाङको पार्टी श्रम सस्कृति पार्टी पनि राष्टिय दल बन्न कोसिसमा छ । उसले अहिलेसम्म २ दशमलव ०४ प्रतिशत मात्र मत पाईरहेको छ । अन्य दलहरु भने निक्कै पछि रहेकोले राष्टिय दल बन्ने सम्भाबना कमजोर देखिएको छ । 

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend