उपत्यका रास्वपाको ‘क्लीन स्वीप’

उपत्यका रास्वपाको ‘क्लीन स्वीप’

१५ निर्वाचन क्षेत्र रहेको उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर तीन वटै जिल्लामा रास्वपाले १५ वटै क्षेत्रमा जित निकालेको छ

images
शनिवार, फाल्गुण २३ २०८२
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपत्यकाका तीन जिल्लाका १५ ओटै निर्वाचन क्षेत्रमा ‘क्लीन स्वीप’ गर्ने भएको छ ।  काठमाडौंका १०, ललितपुरका ३ र भक्तपुरका २ निर्वाचन क्षेत्रमै रास्वपाका उम्मेदवारहरुले जित निकाल्ने भएका छन् । काठमाडौंका १० ओटै निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भईसकेको छ । जसमा रास्वपाका १० जना उम्मेदवार नै विजयी भएका छन् । 

    ललितपुरका तीन वटै निर्वाचन क्षेत्रमा पनि अब रास्वपाका उम्मेदवारलाई कसैले पनि हराउन सक्ने अवस्था छैन । त्यसगैरी भक्तपुरमा समेत रास्वपाले यसपटक दुवै क्षेत्रमा जित निकालेको छ । २ को घोषणा हुन बाँकी रहेपनि १ मा ३४ वर्षदेखि एकछत्र किल्ला जमाउँदै आएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)लाई हराउँदै रास्वपाले जित निकालिसकेको छ ।

    यस हिसावले काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका गरी कुल १५ ओटै निर्वाचन क्षेत्रमा रास्वपाले जित निकालेको छ । 
    काठमाडौं १ मा रन्जु दर्शना न्यौपाने, २ मा सुनिल केसी, ३ मा राजुनाथ पाण्डे, ४ मा पुकार बम, ५ मा सस्मित पोखरेल, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली, ८ मा विराजभक्त श्रेष्ठ, ९ मा डोलप्रसाद अर्याल र १० मा प्रदीप विष्टले जित निकालेका हुन् । 


    त्यस्तै ललितपुर १ मा रास्वपाका उम्मेद्दवार बुद्धरत्न महर्जनले भारी मतले अग्रता लिईरहेका छन् । उनलाई कांग्रेसका उदयशम्शेर राणाले झण्डै ५ हजार भन्दा लत मतले पिछा गरिरहेका छन् । ललितपुर २ मा जगदीश खरेल, ललितपुर ३ मा तोशिमा कार्कीले जितको नजिक छन् । 


    त्यस्तै भक्तपुर २ मा रुकेश रन्जितले जित निकालिसकेका छन् भने २ मा राजिव खत्री करिव जितेसरहको अवस्थामा छन्  । यसहिसावले रास्वपाले उपत्यकामा १५ ओटै निर्वाचन क्षेत्रमा ‘क्लीन स्वीप’ गरेको छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend