ढल्यो नेमकिपाको ३४ वर्षदेखिको किल्ला, भक्तपुर- १ मा रास्वपाका रुकेश रन्जित विजयी

ढल्यो नेमकिपाको ३४ वर्षदेखिको किल्ला, भक्तपुर- १ मा रास्वपाका रुकेश रन्जित विजयी

images
शनिवार, फाल्गुण २३ २०८२
  • भक्तपुर । ३४ वर्षदेखि एकछत्र चुनाव जित्दै आएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले यसपटक आफनो किल्ल गुमाएको छ । भक्तपुर १, २०४८ सालदेखिका सबै निर्वाचन नेमकिपाले चुनाव जित्दैं आएको थियो । 

    तर यसपटक नेमकिपाको किल्ला भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रन्जित विजयी भएका छन्।
    रन्जितले ३३ हजार ४३६ मत ल्याउँदा नेमकिपाका उम्मेदवार प्रेम सुवालले २८ हजार १४७ मत पाए । नेपाली कांग्रेसका किरण न्यौपानेले ४ हजार २८२ मत ल्याए।
    २०४८, २०५१, २०५६, २०६४, २०७० मा गरी ५ पटक यो निर्वाचन क्षेत्रमा नेमकिपाका पार्टी अध्यक्ष नारायणमान बिजुक्छे विजयी बनेका थिए । त्यसपछि उनले आफु उमेरले अब चुनाव नलड्ने भन्दै नेता प्रेम सुवाललाइ उक्त क्षेत्र छोडेका थिए । सुवालले त्यसपछि २०७४ र २०७९ को चुनावमा निर्वाचन जितेका थिए । सुवाल तेस्रो ह्याटिक गर्ने योजनामा लागेपनि उनको योजना रास्वपाका रन्जितले ब्रेक लगाइदिएका छन् । 

    कांग्रेस, एमाले, माओवादी कसैले पनि नेमकिपाको उक्त गढ भत्काउन सकेका थिएनन । तर यसपटक देशभर रास्वपाको लहर चलिरहँदा नेमकिपाले उक्त गढ जोगाउन सकेन । 

    639058051_10236104590507896_6829619989196580995_n.jpg
    रुकेश रन्जित

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend