काठमाडौँ । बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनाल विजयी भएका छन् ।
खनालले २७ हजार ७१९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले छ हजार ६४७ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अमनकुमार मास्केले चार हजार ३७३ मत पाएका छन् ।
यहाँ कुल ३४ हजार ४७३ मत खसेको थियो ।
.jpg)
