काठमाडौं । मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका छन्।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा थकालीले ३ हजार ३ सय ७ मत पाएका छन्। उनले एमालेका इन्द्र धारा विष्टलाई हराएर जित निकालेका हुन् । विष्टले १ हजार ८ सय ६ मत पाए ।
थकाली अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि विजयी भएका थिए ।
.jpg)
