झापामा आजै रातिदेखि मतगणना

झापामा आजै रातिदेखि मतगणना

images
बिहिवार, फाल्गुण २१ २०८२
  • झापा । प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । 

    अहिले मतदान केन्द्रबाट मतपेटिकाहरु संकलन गरेर सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा धमाधम ढुवानी क्रम जारी रहेका छ ।

    निर्वाचन अधिकारी तुलसी नेपालले मतपेटिका सङ्कलनपछि राजनीतिक दलसहितको सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु गरिने जानकारी दिए। उनले राति १२ बजेदेखि मतगणता सुरु हुने जानकारी दिए ।

    जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रका २८५ मतदानस्थल र ८१५ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको छ ।  पाँचवटा निर्वाचन क्षेत्रका लागि ९० जना उम्मेदवार चुनावी मैदानमा थिए । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend