चितवन ३ : रेनु- सोविता दुबैले गरे मतदान

चितवन ३ : रेनु- सोविता दुबैले गरे मतदान

images
बिहिवार, फाल्गुण २१ २०८२
  • भरतपुर । सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र मध्येको एक हो चितवन क्षेत्र नम्बर ३ झापा ५ पछि आम मतदाताले यो निर्वाचन क्षेत्रलाई निक्कै चासोकासाथ हेरिरहेका छन् । यहाँ कामले आफुलाई अब्बल प्रमाणित गरिसकेकी भरतपुर महानगरपालिकाका पूर्व मेयर रेनु दाहाल र रास्वपाकी प्रभावशाली नेतृ सोविता गौतमवीच निक्कै कडा टक्कर हुने ठानिएको छ । 

    दुवै प्रतिस्पर्धी नेतृले मतदान सुरु भए लगत्तै आ आफनो मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । नेकपाबाट उम्मेदवार बेनी रेनु दाहालले चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका-१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरबाट मतदान गरेकी हुन् । 


    त्यस्तै रास्वपाबाट उम्मेदवार बनेकी सोविताले राष्ट्रिय आधारभूत विद्यालयबाट मतदान गरेकी छिन् । गौतमको यस अगाडी दोलखाबाट मतदान गदै आएकी थिइन् । उनले चितवनमा यसपटक पहलिो नै नाम सारेर यसपटक चितवनबाट मतदान गरेकी हुन् । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend