मतदानपछि प्रचण्डले भने- नयाँ र पुराना होइन, सही र गलत भन्ने भाष्य बनाउनु पर्‍यो

मतदानपछि प्रचण्डले भने- नयाँ र पुराना होइन, सही र गलत भन्ने भाष्य बनाउनु पर्‍यो

images
बिहिवार, फाल्गुण २१ २०८२
  • चितवन । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ र पुराना भन्ने भाष्य देशको हितमा नभएको भन्दै सही र गलत छुट्टयाउने भाष्य बनाउनु पर्ने बताएका छन् ।

    चितवन–३ मा पर्ने भरतपुर–१४ स्थित प्रहरी स्कुलमा मतदान गरेपछि प्रचण्डले त्यस्तो बताएका हुन् । प्रचण्डले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश्वास समेत ब्यक्त गरे ।  ‘नयाँ र पुराना भन्ने जो भाष्य बनाइएको छ, यो देशको हितमा छैन’, संयोजक प्रचण्डले भने, ‘नयाँ र पुराना होइन, सही र गलत भन्ने भाष्य बनाउनु पर्‍यो ।’

    उनले दलहरूको योजना र कार्यक्रमका आधारमा नयाँ र पुरानोको भेद छुटटाउनु पर्नेमा जोड दिए ।  ‘सबैसँग म अपिल गर्छु- यो सवाल नयाँ र पुरानाको हुँदै होइन । सही र गलतको हो’, प्रचण्डले भने, ‘कसको योजना के, कार्यक्रम के भनेर हेर्नुपर्छ । त्यसको आधारमा नयाँ पुरानो भन्ने हुने हो ।’

    संयोजक प्रचण्डले राष्ट्र, जनता, लोकतन्त्र र प्रगतिको पक्षमा कुन दल छ भनेर पनि हेर्नुपर्ने बताए । प्रचण्डले देशभरका मतदाता सबैलाई विवेक प्रयोग गरेर सहीको पक्षमा मतदान गर्न अपिल पनि गरे ।  ‘नयाँ र पुरानो भन्ने भाष्य जसरी बनाइएको छ, त्यो देश र लोकतन्त्रको हितमा छैन’, प्रचण्डले भने, ‘सबैले आफ्नो विवेककको प्रयोग गरौं । सहीको पक्षमा उभिऔं ।’

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend