नेकपा संयोजक प्रचण्डले चितवनबाट गरे मतदान

नेकपा संयोजक प्रचण्डले चितवनबाट गरे मतदान

images
बिहिवार, फाल्गुण २१ २०८२
  • चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले  मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको छ । मतदान सुरु भएसँगै प्रचण्डले गृहजिल्ला चितवनबाट मतदान गरेका छन् ।

    चितवनको क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका-१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरबाट उनले मतदान गरेका हुन् । यो क्षेत्रमा उनकी छोरी भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल उम्मेदवार छिन् ।

    उनी भने यसपटक निर्वाचन पूर्वी रुकुमबाट उठेका छन् । मतदान पछि उनी आजै आफनो निर्वाचन क्षेत्रमा जाने तयारीमा छन् । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पनि प्रचण्डले मतदान गरेकै ठाउँबाट मतदान गरेका छन् ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend