रवि लामिछाने र बालेन शाहले गरे मतदान

रवि लामिछाने र बालेन शाहले गरे मतदान

images
बिहिवार, फाल्गुण २१ २०८२
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र रास्वपाले भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेका बरिष्ठ नेता बालेन शाहले मतदान गरेका छन् । दुवै नेताले काठमाडौंमा मतदान गरेका हुन् । मतदान सुरु भएसँगै दुवै नेताले आ आफनो मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । 

    सभापति लामिछानेले काठमाडौंको चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेड मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदान गर्नुअघि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले यस निर्वाचनले मुलुकलाई राजनीतिक निकास दिने विश्वास व्यक्त गरेका छन् । 
    सभापति लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् । 


    यसैगरी, रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले काठमाडौँ महानगरपालिका–९ तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय केन्द्रबाट मतदान गरेका छन् । काठमाडौँ महानगरका पूर्वप्रमुख शाह झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार छन् । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend