निर्वाचनका दिन हवाई गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय

निर्वाचनका दिन हवाई गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय

images
बुधवार, फाल्गुण २० २०८२
  • काठमाडाैं । सरकारले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरि मतदान सुरक्षा पूर्ण रूपमा सुनिश्चित गरिएको जनाएको छ । 

    केन्द्रीय सुरक्षा समितिको आज बसेको बैठकले बिहीबार हुने चुनावमा देशैभरको निर्वाचन क्षेत्रमा हेलिकोप्टरबाट गस्ती गर्ने निर्णय गरेको छ । साथै नेपाली सेनाको हेलिकोप्टरबाहेक अन्य निजी कम्पनीको हेलिकोप्टरबाट पनि गस्ती गर्ने निर्णय भएको छ । 

    बैठकमा केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुख, गृहमन्त्रालयका उच्च अधिकारी सहभागी थिए । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend