काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका एक उम्मेदवारको उम्मेदवारी खारेज भएको छ ।
निर्वाचन आयोगले धनुषा जिल्ला निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिएका किशोरी साह ‘कमल’ को उम्मेदवारी खारेज गरेको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ज) बमोजिम साहको उम्मेदवारी अयोग्य रहेकाले खारेज गरिएकाे आयोगले जानकारी दिएकाे छ।
कर्जा सूचना केन्द्र को अद्यावधिक विवरणअनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका किशोरी साह २०८० सालमा कालोसूचीमा परेका देखिएका छन्। विभिन्न मितिमा उनको नाम एकल तथा संयुक्त रूपमा चेक बाउन्ससम्बन्धी कालोसूचीमा उल्लेख रहेको विवरण आयोगले पाएको जनाएको छ।
.jpg)
