राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर भाेट हाल्न पाइने

राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर भाेट हाल्न पाइने

images
मंगलवार, फाल्गुण १९ २०८२
  • काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिएर मतदान केन्द्रमा जानुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

    निर्वाचनमा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमतिपत्र पनि मतदानका निम्ति मान्य हुने आयोगले बताएको छ ।

    आयोगले सार्वजनिक गरेको अन्तिम मदाता नामावलीमा नाम भएका र यही फागुन २० गतेसम्म १८ वर्र्ष उमेर पूरा भएका मतदाताले निर्वाचनमा तोकिएको मतदान केन्द्रमा गई मतदान गर्न पाउनेछन् ।

    प्रतिनिधिसभा सदस्यको निर्वाचन यही फागुन २१ फागुन गते (बिहिबार) हुँदैछ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend