काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा सुन तोलामा रु दुई हजार ५०० ले बढेकाे हो । आज चाँदी भने प्रतितोला रु २०५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख २८ हजार ६०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ८१५ निर्धारण भएको छ ।
सोमबार एक तोला सुन रु तीन लाख २६ हजार १०० र त्यति नै परिमाणको सेतो धातु रु छ हजार २० मा कारोबार भएको थियो ।
.jpg)
