काठमाडौं । नेपालको राजनीति लगायत हरेक कुरामा सुरक्षा निकायले आफनो आन्तरिक सर्वे गर्ने गरेको छ । यसपटक पनि सुरक्षा निकायले आन्तरिक आंकलन गरेको छ ।
नेपाली सेनाको डिएमआई, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानले संयुक्त रुपमा गरेको आन्तरिक सर्वेका आधारमा कुनै पनि राजनीतिक दलले प्रष्ट बहुमत ल्याउन नसक्ने निश्कर्ष र आंकलन सुरक्षा स्रोतले गरेको छ ।
सुरक्षा स्रोतको सर्वेका आधारमा प्रत्यक्षतर्फ कांग्रेस पहिलो पार्टी र समानुपातिक तर्फ रास्वपा पहलिो दल बन्नेछ । थोरै सिटमा मात्र तलमाथी एर यी दुई दल पहिलो र दोस्रो बन्ने सुरक्षास्रोतको आन्तरिक सर्वे छ ।
प्रत्यक्षतर्फ कांग्रेस ४१ सिटमा अगाडि र ७ सिटमा तलमाथि हुने अवस्थामा छ। कांग्रेसले समानुपातिकमा २०–२५ लाख मत पाउने उल्लेख छ।
रास्वापा ३५ सिटमा अगाडि छ भने ३ सिट तलमाथि हुने देखिएको छ। रास्वपाले समानुपातिक तर्फ ३५ लाख आसपासमा मत ल्याउन सक्ने विश्लेषण सुरक्षा निकायको छ ।
त्यस्तै नेकपा एमालेले प्रत्यक्षमा ३४ सिट जित्ने आकलन छ भने समानुपातिकमा ८ देखि १० लाख मत गुमाउने देखिन्छ। त्यसो हुँदा एमालेले समानुपातिकमा २० लाख बराबरी मत ल्याउने आंकलन सुरक्षा स्रोतको छ ।
प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) २३ सिटमा अगाडि देखिन्छ भने ३ सिट तलमाथि हुन सक्ने सुरक्षा निकायहरुले गरेको सर्वेक्षण रिपोर्टमा उल्लेख छ। यो दलले समानुपातिक मत पहिलेको भन्दा बढाउने देखिएको छ । उसको समानुपातिक मत १८ लाखसम्म पुग्नसक्ने अनुमान गरिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा ७–१० सिट जित्ने सर्वेक्षण रिपोर्टले देखाउँछ।उसले पनि समानुपातिक मत थोरै भएपनि बढाउन सक्ने अनुमान गरिएको छ ।
सर्वेक्षण रिपोर्ट अनुसार श्रम संस्कृति, उज्यालो नेपाल, जसपा, जनमत, आजपा र स्वतन्त्र उम्मेदवारगरी २० सिट जित्ने देखिन्छ भने ४ सिट तलमाथि हुने उल्लेख छ।
यधपी, राजनीतिक दलहरुले भने आफु ठूलो पार्टी बन्ने बताएका छन् । दलहरुमध्ये रास्वपाले बहुमत ल्याउने दावी गरेको छ । कांग्रेसले सय कटाउने बताएको छ भने एमालेले पनि सोही अनुसारको आंकलन गरेको छ । नेकपाले पनि आफनो दल ठूलो बन्न्े दावी गरेका छन् । चित्रमा देखाइएको संख्या चँही दलहरुको आंकलन हो ।
.jpg)
