तराईमा आज होली मनाइँदै

तराईमा आज होली मनाइँदै

images
मंगलवार, फाल्गुण १९ २०८२
  • काठमाडौं । हिमाली तथा पाहाडी जिल्लामा सोमबार मनाइएको रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । आज धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिराह, सप्तरी, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), झापा,  मोरङ, सुनसरी, उदयपुर, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदैछ ।  

    मगर, थारू समुदायको बाक्लो बसोबास रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा होली पर्वलाई विशेष महत्वका साथ मनाउने गरिएको छ ।  सबै प्रकारका भेद्भावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङ्गले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वका रूपमा लिने गरिन्छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend