चुनाव प्रचारप्रसारको आज अन्तिम दिन, मध्यरातदेखि सुरु हुनेछ मौन अवधि

चुनाव प्रचारप्रसारको आज अन्तिम दिन, मध्यरातदेखि सुरु हुनेछ मौन अवधि

images
सोमवार, फाल्गुण १८ २०८२
  • काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसारको आज अन्तिम दिन हो । आजै मध्यरात १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। निर्वाचन आयोगका अनुसार मौन अवधि सुरु भएपछि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म कुनै पनि राजनीतिक दलले कुनै प्रकारको चुनावी प्रचारप्रसार गर्न पाउने छैनन ।  
    मौन अवधि सुरु हुनुअघि आज दिनभर भने सबै जसो राजनीतिक दलले आ आफना उम्मेदवारलाई जिताउन अन्तिम प्रचारप्रसार गर्नेछन् । निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा राजनीतिक दल, उम्मेदवार, भ्रातृ संगठन वा अन्य कुनै पनि व्यक्तिले कुनै पनि विधि वा माध्यमबाट मत माग्न पाउने छैनन्। 

    यो आचारसंहिता राजनीतिक दल तथा उम्मेदवारलाई मात्र होइने, सञ्चारमाध्यमलाई पनि लाग्नेछ । सञ्चारमाध्यमले पनि मौन अवधी सुरु भएपछि चुनावमा कुनै दललाई फाइदा वेफाइदा हुने गरी चुनावी प्रचारका समाचार लेख्न र प्रकाशन तथा प्रसारण गर्न पाउने छैनन।  


    साथै, कुन उम्मेदवारले जित्छ वा हार्छ भनी भविष्यवाणी गर्ने, हारजितको घोषणा गर्ने तथा प्रचारमुखी टक सो, टिप्पणी वा विश्लेषण गर्न सञ्चारमाध्यमलाई रोक लगाइएको छ।

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिमा आचारसंहिता विपरीतका गतिविधि गर्ने उम्मेदवारप्रति आयोग निर्मम रूपमा प्रस्तुत हुने बताएका छन्। नियम उल्लंघन गरी निर्वाचनलाई प्रभाव पार्ने गतिविधि गरेमा उम्मेदवारको मनोनयन नै खारेज हुन सक्ने र त्यस्तो अवस्थामा सम्बन्धित व्यक्तिले अर्को छ वर्षसम्म चुनावी प्रतिस्पर्धामा भाग लिन नपाउने कानुनी व्यवस्था छ। 
    यस अवधिमा निर्वाचनसँग सम्बन्धित छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला वा गोष्ठी गर्न पूर्ण रूपमा निषेध गरिएको छ। आचारसंहिताअनुसार मतदान हुने दिनको ४८ घण्टाअघि नै मतदान स्थलको तीन सय मिटर वरपर राखिएका चुनाव प्रचार सामग्री हटाउनुपर्नेछ। 

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend