हेटौँडामा ट्रकले ठक्कर दिँदा २ युवकको मृत्यु

हेटौँडामा ट्रकले ठक्कर दिँदा २ युवकको मृत्यु

images
बुधवार, फाल्गुण १३ २०८२
  • बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत  हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । 

    प्रहरीका अनुसार हेटौँडा बजारबाट मनहरीतर्फ जाँदै गरेको ना४३प २२१ नम्बरको मोटरसाइकलाई नेवारपानीबाट हेटौँडातर्फ आउँदै गरेको नम्बर नखुलेको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक मकवानपुर राक्सिराङ गाउँपालिका– १ का २२ बर्षीय सन्जित स्याङतान र  त्यसमा सवार १८ वर्षीय  अमोश थिङको मृत्यु भएको हो । 

    ठक्कर दिने ट्रक र त्यसका चालकको खोजी जारी रहेको जनाइएकाे छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend