निर्वाचन आयोगले भन्यो - चुनावी प्रचारमा बालबालिकाको प्रयोग नगर्नू

निर्वाचन आयोगले भन्यो - चुनावी प्रचारमा बालबालिकाको प्रयोग नगर्नू

images
सोमवार, फाल्गुण ११ २०८२
  • काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा सहभागी राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचनको प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आह्वान गरेको छ ।

    सोमबार विज्ञप्ति जारी गर्दे आयोगले दल वा उम्मेदवारले आफ्नो झण्डा वा निर्वाचन चिह्न बोक्ने कार्य, सांस्कृतिक कार्यक्रम, ¥याली, अमुक दल वा उम्मेदवारविरुद्धका गतिविधिमा, झण्डा वा निर्वाचन चिह्न अङ्कित भेष्टरटिसर्टरलोगोजस्ता चिजहरू प्रदर्शन गर्ने कार्यमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको हो । 

    दल वा उम्मेदवारले आफ्नो चुनावी अभियानका क्रममा बालबालिका सहभागी गराउने गरेको र विद्यालय समयमा विद्यालय नजिकै चुनावी गतिविधिसम्बन्धी कार्यक्रम आयोजना गरी शैक्षिक कार्यमा अवरोध सिर्जना भएका विषयहरूमा उजुरी तथा गुनासो प्राप्त भएको भन्दै त्यस्ता काम नगर्न आयोगले आह्वान गरेको हो । 
      
    निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (ट) मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था रहेकाले यस्तो आह्वान गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निर्वाचन आचारसंहिताको उल्लङ्घन भएमा आयोगले रु एक लाखसम्म जरिवाना गर्न वा उम्मेदवारी रद्दसम्मको कारबाही गर्न सक्ने व्यवस्थासमेत रहेको स्मरण गराइएको छ ।
       
    “निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नु नेपालको संविधान, बालबालिकासम्बन्धी ऐन र निर्वाचन आचारसंहितासमेतको प्रतिकूल हुने हुँदा कुनै पनि राजनीतिक गतिविधि र निर्वाचन प्रचारप्रसारका कार्य गर्दा बालबालिकाको कुनै पनि किसिमबाट प्रयोग नगर्न नगराउन तथा बालबालिकाको अध्ययन अध्यापनमा असर पार्ने कार्य नगर्न नगराउनसमेत सबै राजनीतिक दल, उम्मेदवार र मतदाताहरूलाई आग्रह छ”, विज्ञप्तिमा भनिएको छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend